बागमतिसमाचार

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

सिन्धुली, ३ फागुन /  सिन्धुलीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका ११ मा भिमानबाट सिन्धुली तर्फ आउदै गरेको ना.३.त ३८९७ न.को बालुवा लोड ट्याक्टरले ठक्कर दिदा बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कमलामाई नगरपालिका ११ निवासि ४ बर्षिया यस्तर वाईबाको ज्यान गएको हो । ठक्करबाट टाउको,खुट्टा र हातमा चोट लागेको अवस्थामा यस्तरलाई उद्धार गरि सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comment here