समाचार

जिपको ठक्करबाट असईको मृत्यु

काभ्रे, २ फागुन / जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको छ । काभ्रेको बनेपामा जिपको ठक्करबाट गुरुङको मृत्यु भएको हो ।

नवलपरासी घर भएका २४ वर्षिय प्रहरी सहायक निरीक्षक गुरुङलाई बनेपा नगरपालिका १३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comment here