बागमतिसमाचार

मेलमिलापकर्ता पुनःर्ताजकी तालिम

सिन्धुली, २ फागुन / कमलामाई नगरपालिकाको आयोजनामा मेलमिलाप कर्ताहरुका लागी २ दिने पुनर्ताजगी तालिम सुरु भएको छ । कानुनी साक्षरता र लैंगिक समानता र समावेशीकरण तथा मेलमिलाप कर्ताहरुकालागि तालिम सुरु भएको हो ।

कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले उद्घाटन गर्नु भएको तालिमको सहजीकरण कमलामाई नगरपालिकाका कानुन अधिकृत तथा अधिवक्त टंक विक्रम थापाले गर्नु हुने छ ।

तालिममा वडाहरुमा हुने विभिन्न किसिमको विवाद जस्तै साध सिमाना, अंश वण्डा, लेनदेन, गाली गलौज, जग्गा भोगचलन, परापूर्वकाल देखि चलि आएको कुलो बाटो, ऐलानी जग्गा भनि नम्बरि जग्गा विक्रि गरेको लगाएतका विषयमा समस्याको समाधान कसरी गर्ने भन्ने बिषयमा तालिम दिईने कमलामाई नगरपालिकाका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझिले जानकारी दिनुभयो ।

Comment here