बागमतिसमाचार

प्रंहरी जवानले आफैलाई किन गोलि हाने ?

सिन्धुली, २ फागुन / जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर राय गोलि लागेर गम्भिर घाईते हुनु भएको छ । प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार रायले आफैलाई गोली हानेका हुन् ।

उहाँको पेटमा गोलि लागेको र घटना स्थलबाट उद्धार गरि सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचाका लागि एम्बुलेन्स मार्फत काठमाण्डौ पठाईएको जानकारी दिनुभयो ।

महोत्तरी घर भएका प्रहरी जवान रायले गोली किन हाने पहिला घाईतेको उद्धार र उपचार गरेपछि अव घटना के रहेछ हामी अनुशन्धान गर्छौ उहाँले भन्नुभयो । प्रंहरी जवान रायले आफैलाई किन गोलि हाने भन्ने खुल्न सकेको छैन । यस बारे सिन्धुली प्रहरीले अनुशन्धान गर्ने बताएको छ ।

Comment here