साहित्य

कविता : समिक्षा

नेत्रहरी दुलाल
तिनपाटन ११ सिन्धुली

धेरै अघि
बर्बर सत्ताको विरुद्धमा
अनगिन्तीबलिदानी पछि
रोपिएको एउटा बिरुवा
एक दशकअलपत्र
षडयन्त्रको भुइचालोले
तङरिन नपाउदै निर्मम निमोठियो
केवल सत्ता स्वार्थ को लागी
देशकै नामजनताकै नाममा
फेरि तिसौ बर्ष
थलियो देश
फेरि संघर्ष उहिबलिदानी
युगौ सम्मदुखकाउहिकहानी
मिच्दामिच्दै थिच्दाथिच्दै
नमरेको जराबाट
जबर्जस्त जन्मियो
उहिविरुवा
फेरी उहि षड्यन्त्र
उहि सत्ता स्वार्थ उहिप्रवृति
दक्षिणको दक्षिणा कुर्सी रक्षा
कुर्सीकै प्राप्तिपुनप्राप्ति
असन्तुष्टि जताततै
धनाड्य नव धनाड्यहरु
सत्ताआरोह अवाआरोह
बिद्रोह डढेलो बनेर आयो
सुताइएकालुकाइएका
दवाइएका सताइएका
हेपिएका चेपिएका
चेतनाहरु जुरुक्क उठे
सदियौका समस्याहरु
सर्लक्क देखिए सतहमा
मजवुत देखिएक्रान्तिकारिहरु
प्रभावी देखिएअग्रगामीहरु
युगिन जडता र यथास्थितिले
स्विकार र्गयो अग्रगामी चेतना
कायापलट र्गयो समयको चेतना
षडयन्त्र स्वार्थ दम्भकाकयौं गल्छी छिचोल्दै
देशले लेख्यो आफ्नो संविधानआफ्नै भाषामा
संकल्प छ समानतान्याय संबृद्धिको
सपना छ दुर क्षितिजको सुन्दर समाजको
शैशव छ्न प्राप्तिहरु
कलिला छन उप्लब्धिहरु
बिगबिगीछ सांढेहरुको
प्रयत्नशील छ्न अपहरणकारीहरु
उठान हुदैछभ्रमहरु
चम्किलो चाचाको चमकदार मोहनिमा
चटक्कै चोरिन सक्छ्न चेतनाहरु
न्यानो कुर्सीको कोसेली सोच्दै
दक्षिण लोलाउनेछ्न आखाहरु
सर्वश्वप्राप्तिको भ्रममा
सन्किन सक्छ्न अगुवाहरु
हल्लाखोर दलालकाभ्रममानपरौ
तर
सचेत बनौ साबधानबनौ
क्षितिजको लालीअझै टाढा छ
रुप फेरिएला
सचेत संघर्ष अझै जारी छ ।

Comment here