बागमतिराजनीतिसमाचार

जनयुद्ध गरेको भन्दै भाग खोज्न मिल्दैन : गजुरेल

२०७६
सिन्धुली, १ फागुन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायि कमिटि सदस्य हरिबोल गजुरेलले जनयुद्धका नाममा भाग खोज्ने प्रबृत्तिको अन्त्य गर्नु पर्ने बताउनु भएको छ । आज नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीले पार्टी कार्यालयमा २५ औं महान जनयुद्ध तथा जनआन्दोलनका शहिदहरुको सम्झनामा आयोजित श्रद्धाञ्जली सभालाई संबोधन गर्नु हुदै यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘म जनयुक्तमा होमिएको थिए, मलाई गोली लागेको भए म मर्थे मलाई यस कारण यो चाईयो र म सहिद परिवारको हुँ भनेर भाग खोज्ने बानीको अन्त्य गर्न आवश्यक छ, यसरी भाग खोज्दा लक्ष्य प्राप्ती गर्न समस्या हुन सक्छ ।’

शहिदहरुलाई सम्झना गर्दा बर्ष दिनमा एक दिन सम्झने गर्दछौ यो गलत त उहाँले भन्नुभयो । शहिद परिवारको अवस्थाा कस्तो छ, उहाँहरुका समस्या के छन्, बाल बच्चाको अवस्था कस्तो छ, लगाएतका कुरामा ध्यान पु¥याएर उक्त परिवारसंग नजिक हुनु आवश्यक रहेको समेत उहाँको भनाई छ । यदि शहिद भनिदिने उहाँहरुका परिवारसंग सदैव नजिक नहुने हो भने सहिदका सपना साकार पार्न सकिदैन, यस्तै भयो भने भोलि देशका लागि लडाईमा को हुमिन्छ त्यसैले शहिद परिवारको सम्मान र उनीहरुका समस्या समाधान गर्न तर्फ अग्रसर हुनु आवश्यक छ उहाँले भन्नुभयो ।

अहिले नेपालका ठुला सञ्चारमाध्यमहरुले सरकारलाई असफल पार्न लागि परेको बताउनुभयो । मिडियाले भने जस्तो त्यति तलको अवस्था सरकारको काम नभएको उहाँले स्पष्ट पार्नुभयो । मिडियाले जुन तटष्थता र सत्यलाई जनतामाझ ल्याउनु पर्दथ्यो त्यसो गर्न सकेनन् उहाँले भन्नुभयो ।

नेकपा जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन)को अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रिय सदस्य, कमलजंग राई, उमा कोईराला, बागमति प्रदेश सदस्य विनोद खड्कालगाएतका नेताहरुले शहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिदको सपना पुरा गराउन तर्फ नेकपा लागिपरेको बताएका थिए ।

Comment here