बागमतिसमाचार

रेडक्रसलाई सहयोग गर्नेलाई सम्मान

सिन्धुली २९ माघ / नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले आकस्मिक तुरुन्तै रक्तदान गरी मानवीय सेवामा उत्तकृष्ट सेवा पु¥याउनेहरुलाई आज सम्मान गरेको छ ।


आफ्नो ४९ औं बार्षिक साधारण सभाका अवसरमा यस बर्ष रक्त दान गरी रगतको अभावमा पुगेकाहरुलाई नव जीवन दिन उत्कृष्ट सेवा गरेको भन्दै सम्मान गरेको हो ।

आपत्कालीन तथा आकस्मिक रुपमा रगत दिन तयार रहेका नियकायहरु जिल्ला प्रहरी कार्यालय सिन्धुली, शसस्त्र प्रहरी वल वेस क्याम्प सिन्धुली, बर्द बहादुर गण ठुलीटार सिन्धुली, दाह्री ग्याङ सिन्धुली, कमलामाई नगरपालिका ८ का गणेश श्रेष्ठ, कमलामाई ५ का मेखबहादुर के.सीलाई सम्मान गरिएको रेडक्रस सिन्धुलीका सभापति अषोक श्रेष्ठले जानकारी दिनुभयो ।

साधारण सभामा नेपाल रेडक्रस सोसाईटिले सञ्चालन गरेको आकस्मिक रक्त संचार केन्द्रमा नियमित रक्तदान कार्यक्रमको आयोजना गर्ने विभिन्न १३ वटा संघ संस्था तथा निकायहरुलाई पनि सम्मान गरिएको उहाँले बताउनुभयो ।

यसैविच साधारण सभाको अवसरमा सुनकोसी उपशाखालाई नगद २५ हजार सहयोग गर्ने डेना कोईराला, रामजिप्रसाद आचार्य, क्यानेश्वर उपशाखालाई नगद २५ हजार सहयोग गर्ने बालकृष्ण नेपाली र जसबहादुर बम्जनलाई पनि सम्मानीत हुनु भएको छ ।

यस्तै कार्य सम्पादनका आधारमा नेपाल रेडक्रस सोसाईटि सुनकोसी उपशाखा पहिलो, नेपाल रेडक्रस सोसाईटि कपिलाकोट उपशाखा दोस्रो र नेपाल रेडक्रस सोसाईटि मझुवा उपशाखा तेस्रो भएका छन् । पहलिो हुने उपशाखालाई १० हजार, दोस्रो हुने उपशाखालाई पाँच हजार र तेस्रो हुने उपशाखालाई तीन हजार नगद सहित सम्मान पनि गरिएको छ ।


विपद् व्यवस्थापन अन्र्तगत आगलागि, बाढी, पहिरो, लगाएतका सवै उपशाखाहरुबाट स्थानीय तह, सरोकारवाला निकायहरुुंग समन्वय गरि राहत संकलन गरि मानविय सेवा गर्न सफल भएको भन्दै नेपाल रेडक्रस सोसाईटि टाँडी उपशाखालाई पनि सम्मान गरिएको छ ।

 

 

 

Comment here