समाचार

सिड्सद्वारा संचालित परियोजनाको अनुगमन

सिन्धुली, २९ माघ / सिन्धुलीको फिक्कल गाउँपालिकामा संचालित परियोजनाको आज अनुगमन गरिएको छ ।
वर्ल्ड भिजनको सहयोगमा सिन्धुली एकीकृत बिकास सेवा नेपाल सिन्धुलीद्वारा संचालित परियोजनाको मंगलबार अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख शंखर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रन्जु सिग्देल, फिक्कल गाउपालीकाका उपाध्यक्ष पार्बती सुनुवार, शिक्षा समन्वय ईकाई सिन्धुलीका नेत्र गजुरेल सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरे, कोषाध्यक्ष गोपाल पौडेल, लगायतको अनुगमन टोलीले अनुगमन गरेको हो ।
टोलीले अनुगमनका क्रममा क्षिशा परीयोजना, बिपद जोखिम परियोजना र बाढी पहिरो पुनर्लाभ परियोजनाअन्तर्गर भएको गतिविधिको अनुगमन गरेको थियो ।
क्षिशा परियोजना अन्तर्गत पढाई शिबिर, बालमैत्री/ अपांग मैत्री शौचालय, बिधालयको निर्माण, बाढी पहिरोले क्षेती पुर्यएको सामुदायिक भबन मर्मत, सिचाइ कुलो, सडक, बिधालयको अनुगमन गरिएको छ ।
सिड्स नेपाल सिन्धुलीले बनाएका बिधालय भबनले बिधालय सन्चालन गर्न सहज भएको, पहिरोले जोखिममा रहेका बिधालयको पर्खाल लगाइ संरक्षण भएको, पढाई शिबिरले सना बालबालिकालाई पढाइ प्रति रुचि बढाएको समन्वय प्रमुख बर्माले बताउनु भयो ।
यस्तै भौतिक संरचनाले बिधालयलाई सहयोग पुगेको र पढाई शिबिरले क्षैशिक गुणस्तर वृद्धि गराउन सहयोग पुर्याएको पाईएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।

Comment here