बागमतिसमाचार

आवेग र उत्तेजनामा नआउन मैत्रीय अपिल

सिन्धुली, २७ माघ /  बोधी श्रवण धर्म संघले आफ्ना संघ भक्त, अनुयायि तथा शुभचिन्तकहरुमा धर्मप्रति मैत्रीय व्यवहार र आचरणमा अविचल रहन र आवेग, उत्तेजनामा नआउन मैत्रीय ध्यानाकर्षण गराएको छ ।

प्रहरीले सिन्धुलीमा रहेको आश्रम स्थलमा गरेको व्यवहारले हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै शान्त र मैत्रीय व्यवहार गर्न उस्ले मैत्रिय प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो ।

प्रहरीले माघ २४ गते धार्मीक आस्थामाथि अभद्रता प्रदर्शन गरेकोमा अत्यन्त मर्माहित रहदै यस खालको दुःखद परिवेश निर्माण गरेकोमा आपत्ति प्रकट गरेको बोधि श्रवण धर्म संघका अध्यक्ष निलबहादुर थिङ्गद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा जनाईएको छ ।

उस्ले प्रहरीले अदालतको पक्राउ पुर्जी दिने अनि सम्बन्धित अभियोग लागेका ब्उक्ति फेला नपरेमा मुचुल्का उठाई अदालतमा हाजिर हुन म्याद टास गर्ने जस्तो कार्य नगरि धार्मीक स्थलमा प्रहरीले गरेको खनतलासिले देशमा न्यायको अवस्था कस्तो छ भनी गम्भिर र चिन्तित बनाएको उल्लेख गरिएको छ ।

प्रहरीले महा सम्बोधि धर्म संघ गुरुको बास्यस्थान प्रबेस मुलद्धारको ताला तोडफोड गरेको, शान्त तथा सालिन मैत्रिय वातावरण र धार्मिक आश्था माथि छालाको जुत्ता सहित प्रवेश गरि गोलि पड्काउदै आतंकित बनाई अमिलो र विजाउने शब्दको प्रयोग भएकोमा समेत उस्ले आपत्ति रहेको समेत जनाएको छ ।

विज्ञप्तिमा धर्म संघले सरकार समक्ष न्याय, न्यायोचित विधि, प्रक्रिया र व्यवहारमा सदा साथ दिने प्रतिबद्धता जनाउदै विधि र प्रक्रियाबाट समस्याको समाधान गर्न सम्बन्धित सवैमा मैत्रीय अपिल गरिएको छ ।

देशको संविधान प्रदत्त हक अधिकारको परिधिभित्र रहेर राष्ट्र निर्माणमा अर्घेल्याई नगरि आफ्नो वुताले भ्याए सम्म देशको सम्पुर्ण भाग तथा विश्व समुदायमा रहि योगदान पु¥याएको समेत स्मरण गराएको छ ।

Comment here