बागमतिराजनीतिसमाचार

नेता, कार्यकर्तालाई तीन काम दिनुपर्छ : गजुरेल

सिन्धुली, २६ माघ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायि कमिटि सदस्य हरिबोल गजुरेलले नेता कार्यकर्तालाई तीन कामको जिम्मेवारी दिनु पर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी कार्यालय सिन्धुलीमा आयोजित सपथ ग्रहण कार्यक्रममा यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुलाई योग्यता र क्षमताको आधारमा पार्टीको जिम्मेवारी, समाजिका कार्यको जिम्मेवारी र उत्पादनको जिम्मेवारी दिनु पर्दछ ।’ यस्तो गरेमा पार्टीले लिएको सुखी नेपाली र समृद्ध नेपालको नारा सफल हुनेछ उहाँले भन्नुभयो ।

कम्युनिष्ट पार्टीले विचाको माध्यमबाट जनताको मन जित्नु पर्ने भन्दै उहाँले नेकपाको बलियो सिदान्त र विचारले सदैव नेपाली जनतालाई जित्ने विश्वास गर्नुभयो । बजारमा नेकपाको जुन हिसावले प्रचारबाजी गरिएको छ त्यसो नभई नेकपा एक ढिक्का भएको समेत उहाँले बताउनुभयो । हालै सम्पन्न केन्द्रिय बैठकले सवैको विचारलाई प्रतिनिधित्व गरेको स्पष्ट पार्दै नेकपा थप बलियो भएको समेत बताउनुभयो ।

उहाँले नेता कार्यकर्तालाई स्वार्थ बलियो बनाउने बानिको अन्त्य गर्दै सिद्धान्तलाई बलियो बनाएर अघि बढ्न र सरकारले गरेका काम कारवाहीको प्रचार गर्न पनि निर्देशन दिनुभयो । पार्टीको विचार र सिद्धान्तका आधारमा कम्युनिष्टका कार्यकर्ताले मनोवल उच्च राखेर अघि बढ्नु पर्ने उहाँको भनाई थियो । सवैले क्षमताको आधारमा पार्टीको विभिन्न पद लिएको र उक्त पदको गरिमा जोगाई सक्रिय र क्रियाशिल संगै रचनात्मक कार्य गरेर नेकपालाई अझ बलियो बनाउन समेत उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Comment here