बागमतिराजनीतिसमाचार

नेकपाले गरायो दुई विभागको सपथ ग्रहण

सिन्धुली, २६ माघ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज दुई विभागको सपद ग्रहण गराएको छ । पार्टी कार्यालय सिन्धुलीमा भएको एक औपचारीक कार्यक्रम मार्फत सपथ ग्रहण गराएको हो ।

पुस्तकालय र अभिलेख विभाग र पार्टी स्कुल विभाग सिन्धुलीका पदाधिकारीहरुलाई सपथ नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका अध्यक्ष लेखनाथ (राजन) दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायि कमिटि सदस्य सदस्य हरिबोल गजुरेलले सपथ खुवाउनु भएको हो ।

सपथ ग्रहण गर्नेहरुमा पार्टी स्कुल विभागका प्रमुख ज्वालाप्रसाद न्यौपाने, उपप्रमुख अर्जुनप्रसाद बराल, सदस्यहरु पुरुषोत्तम अधिकारी, पुर्णबहादुर खत्री, देवलाल श्रेष्ठ, बैकुण्ठ पहाडी, शंखर उप्रेती, रेग थापा, रामबहादुर घिसिङ, बिष्णु माझी, विजय राई, गोकर्णबहादुर थापा, विजयकुमार थिङ्ग, टिकाबहादुर देवकोटा र सन्तोष श्रेष्ठ रहनु भएको छ ।

यस्तै पुस्तकालय र अभिलेख विभागका प्रमुख अर्जुनप्रसाद बराल, उपप्रमुख लक्ष्मण हायू, सदस्यहरु बिष्णु बस्नेत, शेषराज दाहाल, प्रमोदराज शर्मा, मेनुका तिमल्सिना, शुरेस पौडेल, सम्भु दाहाल, सुन्दर घिसिङ्ग, लिलाम्बर पुलामी, दीपशिखा फुयालले सपथ लिएको नेकपा सिन्धुलीले जनाएको छ ।

Comment here