बागमतिसमाचार

नागरिकलाई जबाफदेही बनाउन आबस्यक छ : देबकोटा

सिन्धुली २६ माघ / समाजिक जबाफदेहिताका औजारहरु बिषययक अभिमुखीकरण कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
पारस्परिक जबाफदेहित परियोजना अन्तर्गत कमालामाई नगरपालिकाको समन्वय र मानव सचेतना बिकास केन्द्रको आयोजना अभिमुखिकरण सम्पन्न भएको हो ।

कार्यक्रममा कमालामाई नगरपालिका उपमेयर मन्जु देबकोटाले स्थानीय सरकार संचालन गर्न ४८ वटा कानुन बनाएर कर्य सम्पादन गर्दै आएको बताउनु भयो ।
योजनाको बरेमा स्पष्ट परेर समिति बनाउदै आएको र समितिलाई तालिम दिएर योजनाको दिगोपनाका सवालमा पनि नगरपालिका जिम्मेवार रहेको बताउनु भयो ।

नागरिकलाई सचेत बनाउन आबस्यक रहेको समेत उहाले बताउनु भयो ।
कार्यक्रममा नगरपालिका प्रबत्ता कर्ण घिसिङले धरौटी ऋण गरेर जम्मा गर्नु पर्ने अवस्थाले योजनाको सम्झौता नभएको हुनसक्ने बताउनुभयो । अब योजना निर्माणका सवालमा बस्ती बस्तिमा शुसासन र जबाफदेहिताका कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बिजय तामाङले सामाजिक जबाफदेहिता औजारको प्रयोग सम्बन्धी सहजीकरण गर्नु भएको थियोे । उहाले स्थानीय तहले गरेका कर्य सम्पादन बाट सेवाग्राही सन्तुष्ट हुनु पर्ने, बिकास, योजना निर्माणमा सहभागिता हुनु पर्ने, खरीद प्रक्रिया परदर्शी हुनु पर्ने बताउनु भएको थियोे ।

सामाजिक जबाफदेहिता, भए गरेका कामकारबाहीमा सत्यय तथ्य पत्ता लगाउने, पहिचान भएको यथार्थ स्थितिलाई सार्बजनिक गर्नु पर्ने, सञ्चारमाध्यममा बहस छलफल गर्नु पर्ने लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

सर्बजनिक निकायले गर्ने सेवा प्रबाह सम्बन्धमा जनताले थाहा पाउनु पर्ने, र नागरिकहरु पनि उत्तरदायी हुनु पर्ने सवालमा पनी सहजीकरण गर्नु भएको थियोे ।
कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, युबा सन्जालका प्रतिनिधि, सहकारीका प्रतिनिधीको सहभागीता रहेकोे थियो ।

सहभागी जनप्रतिनिधिहरुले योजना निर्माण प्रक्रियामा नागरिकहरुको चासो कम भएको बताएका थिए ।
मेनुका तिमल्सिनाले निर्माण गर्ने योजनाको योजनाको रकम धेरै हुनु, रकम राख्न नसक्ने ब्यत्ती उपभोक्ता समितीमा चयन हुदा पनि समस्या भएको बताउनु भयो । योजना पार्ने तर सम्झौतामा नआउने गरेको पाईएको बताउनु भयो ।
छलफलमा वडा अध्यक्ष उज्वल थापाले बिकास निर्माणका कार्यमा उपभोक्ताको चासो नभएको बताउनु भयो । पहिला योजना पार्न लगाउने र पछी सम्झौता गर्न नआउदा समस्या रहेको बताउनु भयो ।

Comment here