बागमतिसमाचार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

२०७६

सिन्धुली, २५ माघ /  सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु १३ जना घाईते भएका छन् । दुधौली नगरपालिका ४ स्थित डकाहा चकमके सडक खण्डको टोड्के भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुधौली नगरपालिका १गिचियानीका का ७० बर्षिय ब्रमहलाल धामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार धामीले घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा दुधौली नगरपालिका वडा नं. १ गिचियानि बस्ने ५२ बर्षिय राम भरोसा, ४८ बर्षिय रामकुमार र २२ बर्षिय शुक्ला धामीको अवस्था गम्भिर रहेको छ ।

दुर्घटनामा स्थानीय ५० बर्षिय दबु धामी, २२ बर्षिय दिपेश पुरी, ३० बर्षिया सिता धामी, १५ बर्षिया मिरा धामी, २० बर्षिया सुनिता चौधरी, २० बर्षिया मनिसा कुमर, २८ बर्षिया कुमारी कुमर, १२ बर्षिय लक्ष्मण कुमर, ३२ बर्षिय रामकुमार कुमर र ट्याक्टर चालक ३० बर्षिय कुल वहादुर तामाङको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्ष खत्रीले जानकारी दिनुभयो । घाईतेहरुको उपचारका लागि सिन्धुली अस्पतालमा ल्याईदै गरेको उहाँको भनाई रहेको छ ।

आज दिउसो दुधौली नगरपालिका वडा न.१ टोड्केपानी जंङगल स्थित डकाहा चकमके ग्रामिण सडक खण्डमा जंङगल बाट दाउरा लोड गरी डकाहा तर्फ जादै गरेको लु ८३ त ६८९० नं.को ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here