बागमतिसमाचार

तिनपाटनमा गाउँ प्रहरी भर्ना गर्न ऐन पारित

२०७६
सिन्धुली, २५ माघ / सिन्धुलीको तीनपाटन गाउँपालिकाको शनिबार भएको कार्यपालिकाको बैठकले विभिन्न ऐन तथा नियमावलीहरु परित गरेको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेको बैढकले गाउँसभाले गाउपालिकामा गाउँ प्रहरी भर्ना गर्ने गरी गाउँ प्रहरी ऐन सर्व सम्मतीले पारित गरेको हो ।

यस्तै गाउँसभाले बाल मैत्री गाउपालिका बनाउन बाल संरक्षण निति र रणनिति पनि पास गरेको छ । कृषि व्यवसाय सम्बन्धि कार्यविधि, प्रहरी नियमावली, गाउपालिका खर्चको मापदण्ड र कार्यविधि पनि गाउँसभाले अनुमोदन गरेको बताईएको छ । गाउँसभाले गाउपालिकाको चालु आर्थिक बर्षको खर्चको रकमान्तर, वडा नं. १ देखि ११ सम्मको संसोधित योजनाहरु समेत पारित गरेको जनाएको छ ।

Comment here