बागमतिराजनीतिसमाचार

मुद्धा फिर्ता लिन देउवाको आग्रह

२०७६
रामेछाप, २५ माघ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्ट्राचार मुद्धा तत्काल फिर्ता लिन आग्रह गर्नु भएको छ । पार्टी उपसभापति बिजय कुमार गच्छदारमाथि लगाईएको मुद्धा फिर्ता लिन आग्रह गर्नु भएको हो ।

शेर बहादुर तामाङ स्मृति प्रतिष्ठानले शनिबार रामेछापमा आयोजना गरेको शववहान तथा एम्बुलेन्स हस्तान्तरणमा उहाँले पुर्वग्राही ढंगले भ्रष्चारको मुद्दा लगाइएको आरोप लगाउनुभयो ।

कम्युनिष्टको सरकारले भ्रष्ट्राचारलाई प्रसय दिएको र अन्य माथि षड्यन्त्र र बहुमतको आडमा आफु जोगिन भ्रष्ट्राचारको मुद्धा लगाएको दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘ गच्छदार भ्रष्टचारको मुद्दा चलाउँनु गलत नियत छ र पार्टी र जनताले यसको खबरदारी गर्नेछन् ।’ संलग्नहरुलाई माफि दिने र अरुलाई नियोजित तरिकाले फसाउन खोजेकोमा उहाँले आपत्ति जनाउनुभयो ।

Comment here