बागमतिसमाचार

सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु

२०७६
सिन्धुली, २५ माघ / जिल्लाको दुधौली नगरपालिकामा आज करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका १० का अन्दाजि ३६ बर्षिय कृष्ण कटुवालको मृत्यु भएको हो ।

कटुवाललाई पटियानि स्थित सार्वजनिक नर्सरीमा काडेतार बेरा लगाउन पिल्लर बनाउनको लागि फलामे रड सिधागर्ने क्रममा ११ हजार भोल्ट करेन्टको मेन लाईनमा रडले छुदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

करेन्ट लागेका कृष्णलाई उपचारको लागि सिरहा लगिएको र सो क्रममा सिरहा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।

Comment here