बागमतिसमाचार

जेष्ठ पत्रकारलाई पेन्सन दिदैछौ : मुख्यमन्त्री पौडेल

२०७६
हेटौंडा, २४ माघ / रेडियो र विविधता विषयक अन्तरक्रिया कार्यक्रम हेटौडामा गरिएको छ । सामुदायिक रेडियो प्रसारक संघले ९ औ रेडियो दिवस २०२० को अवसर पारेर अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्नु हुदै बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले संघीय सरकारले सञ्चार क्षेत्रका लागि गर्न नसकेको काम बागमती प्रदेश सरकारले गर्न लागेको बताउनु भयो । उहाँले बागमती प्रदेशका जेष्ठ पत्रकारलार्ई पेन्सन दिने व्यवास्था र महिला पत्रकारका निम्ती सुत्केरी भएका वेला सुविधा दिन लागेका छौं भन्नुभयो । उहाँको सञ्चार माध्यमका लागि अहिले सम्म संघीय सरकारले गर्न नसकेका काम आफुहरुले गरेको दावि रहेको छ ।

उहाँले भन्नुभयो ‘३० बर्ष पत्रकारीता गरेका र ६० बर्ष उमेर पुरा गरेका जेष्ठ पत्रकारहरुलाई पेन्सनको ब्यबस्था गर्दैछौ ।’ प्रदेश सञ्चार माध्ययम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार जेष्ठ पत्रकारहरुले पेन्सनको रुपमा मासिक ३ हजार रुपैंया पाउनेछन् । कार्यक्रमालाई संबोधनका क्रममा मुख्य मज्त्री पौडेलले सञ्चार माध्यमले सकारात्मक सन्देश दिनुपर्ने वताउनुभयो । जनतालाई सत्य, तथ्य र निष्पक्ष सुचना सम्प्रेषण गर्नमा सामुदायिक रेडियोको धेरै दायित्व रहेको बताउनुभयो ।

९ औँ बिश्व रेडियो दिबस २०२० को अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा अयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकटेल, संचार रजिस्ट्रार रेबती प्रसाद सापकोटा, सहित जनप्रतिनिधि, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय महासचिव गोबिन्द देबकोटा, कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार माहासघ बागती प्रदेश अध्यक्ष प्रताप बिष्ट, लगाएतको सक्रिय उपस्थितीमा कार्यक्रम सम्पन्न भएको सामुदायिक रेडियो प्रसाक संघ, बागमती प्रदेशका अध्यक्ष कृष्णहरी घिमिरेले जानकारी दिनुभयो ।

Comment here