साहित्य

नसोचेको शहर (कथा)

मनत केबलमननै रहेछ । हासो, खुशी सब त्यागेर दुखलाइ समायोजन गर्न चाहादैन मन खुशिलाइ साथीबनाउने मनले पिडासँग घुलमिल हुनचाहादैन यदिदुबैलाइचाह राख्थ्यो भने त्यो मान्छे साच्चै मान्छे हुन्थ्यो होलामान्छेको नामले परिचितखोल मात्रओढेको जस्तो लाग्छ कसैलाइचोट लाग्दापनीदयाकोभाबनाले हेर्दैन कोहि धनी छ भने दुइचार हजार फालिदिन्छ तर त्यो दया गरेर दिएको हैन त्यो त आफ्नै धनको घमण्ड ले दिएको हो अनिगरिब छ भने आफुलाइ त नभाको के दिन्थ्यो र अर्को मध्यम बर्गकोलाइधनीबन्ने सपनाको कारण सहयोग गर्न चाहादैन आजको युगका यि तिन बर्गमा बाडिएका तिनै थरिका मान्छे ले दयाको भाबनाले हेर्दैननयसरिनै आजकालधनले सबैलाइलोभ्याएको छ मान्छे आजको यो युगमाआउदापनिकोहि कसैलाई सहयोगिभाबना राख्दैन कोहि कसैलाइ साच्चै पिडा पर्दा पनि सहयोगीहातहरु फैलिदैन फैलिन्छ त केबल उसको त्यो बाडरुपी बचनले मनलाइ छियाछिया बनाइदिन्छ कोहि कसैमाथीदया, मायानभएको धन के धनजुनआफु साथलिएर जानपनि सकिदैन ।

म विकटगाँउमाजन्मेको मान्छे हु गाउमाहुदा घास दाउरा भन्दापनी बढी बाख्रापाठा चराउनजान्थे त्यो चहुरमा बसेर कसैको कथा पढ्दाखुबै आनन्दलाग्थ्यो धेरै कथाहरु पढेको थियँ र लेखेको पनिथियत्यो बाल्यकालमाबिचरा मेरो त्यो कपिमै सिमितकथाले सहरको मुखनै देख्न पाएन । कताकता २०७२ सालको भुकम्पमा परि मरेकाबाख्रा पाठा सङै हराएर गए । त्यो भिर पाँखा,छागा,छहरा रपहराहरु मेरा प्रिए साथी हरु थिए ।जाहाजस्तो भिर पहरा मापनिजान्थे तिनै डाडापाखापखेरामा बसेरमन्दमन्दचलेको सिरसरहावा सङै पाखाथर्किने गरि गीतगाउदाझनै आनन्दआउथ्यो मननै फुरुङ हुन्थ्यो आहा! सधै यि पाखापखेरासङै मितेरी साइनो गाँसि रहु जस्तै यिनै प्रकृति सौन्दर्यहरुसगै बसिराख्न मन लाग्थ्यो तर मत छोरी मान्छे थियएक्दिन सब छोडेर जानु पर्छ भन्ने लाग्थ्यो मेरो त्यो जन्मभएको डाडा पाखा म आफुलाइजतिमाया गर्छु त्यतिनै माया गर्छु त्याहाँपनी म एक्दिन सबै बाट टाडा जानु पर्ने दिनमलाई प्रियलाग्ने तिप्रकृतिहरु पनि रुन्छिन होलाभन्ने लागेर एक्लै रुन्थे, कहिले काहीलाग्थ्यो यीनै प्रकृतिको काखमा वसेर मितेरी साइनो गासौ यीनैसँग भावनात्म सम्बन्धगासौ अनियुगौ युगौ सम्मयिनिहरुकै काखमादुःख सुखसगै लुकामारी गर्दै जीवनव्यतित गरौं म यत्तीमायागर्थे किबयानगर्न पनि सक्दिन म सङै जिस्किने तिप्राकृतिक छटाहरुपनि रुन्छन जस्तै लाग्थ्यो । सहरिया मेरा आफन्तहरु कहिल्यैपनीहामिकहाजानु हुन्नथियो बल्लबल्लजादापनीगोडादुख्यो भनेर तेल लगाउनु हुन्थ्यो मलाइ चै मन मनमाअत्ति रिस उठ्थ्यो नौटङकिहरु हामिलाइ सधै घास दाउरा बिहान देखी बेलुका सम्म एक्छिन नबसीकामगर्दा दुख्दैनतमनमनमात यत्ती रिस उठथ्योकि रिसको सिमानै हुदैन थ्यो । सहरिया मान्छेहरुले यस्ता गतिविधि देखाउदामलाइपनीत्यो स्वार्थी सहरमाजान मन लाग्छ दिदी सहर तिरै पढ्न बस्नु भाथ्यो र मपनीजाने निर्णय गरे ममि र म गाउबाट हिड्यौ परिस्थितिअनुसार बुलेरोमा एउटा मात्र सिट खालीभएकाले म बुलेरोमाअनिममिबसमा बस्नु भयो मलाइचोक मा लगेर ओराल्दियो मेरो लागिनौलो ठाँउ कहाँकुनचोक थियो त्यो पनिथाहाथिएन धेरै वेर सम्मममिआइपुग्नु भएनमलाइ धेरै डर लागिरहेको थियो न कतै मलाइ कसैले लगेर कतै बेचिदिने पो होकि म धेरै डराएको थिए सारै रुन मन लागेको थियो एउटा् सम्म गाडी नदेखेको सुनासानगाउमाजन्मेर हुर्केको म गाडिहरुबाट बचेर त्यो बाटो काटि पारी सम्मजान सकिनबहिर मान्छेको सामु नरोएपनीभित्र मन रोइसकेको थियो जाहा गाडिले ओराल्दिएको थियो त्यही बसिरहे । अरु साना सानानानिहरुले फुत्तफुत्त रोड काटेको देख्दाबाबाममिसँगपनि सारै रिस उठ्छ कम्सेकममलाई पनिअलि सानु हुदालिएर आको भए त अहिलेगारो हुन्नथियो नि मन भित्र यस्तै कुराहरु माडारी रहन्छन ।सहरका मान्छेहरु कस्ता हुन्छन? के खान्छन? के लाउछन?होलामनमा धेरै जिज्ञासा लागेको थियो । गाउमाहुदा टिभि हेरिन्थ्यो त्योटिभिमा आउने मान्छेहरु तझनकति राम्राहोलानझै लाग्थ्यो कतै किताबतिर पत्रिकामार्फत आउने रचना हरु को लेखकको नाम सुन्दा यो रचना लेख्ने मान्छे के गर्दै होलान, यो लेख रचनाहरु कसरी लेख्छन होलाभन्ने जिज्ञासालाग्थ्यो । सुनेको थिए सहरिया मान्छे हरु त झनै स्वार्थी,दया, माया ,नभएकानिदृय हुन्छन रे सहरमा तएक्लै हिंड्दापनीतानेर लगी बैबइकाकोठीमा समेत लगेर बेचि दिन्छन भनेर म सानु नानीहुदाममि ले भन्नु हुन्थ्योत्यहि कुराहरुले हृदयलाई चिमोटि रह्यो सहरमा त मान्छे भएर मान्छेकै खुसीखोस्छन भन्नु हुन्थ्यो । ममिले भन्नु भएका कुराहरुले मन भरी डर त्रास बोकेर त्यहिचोक मा टोलाइ रहेकोही मान्छेसँग बोल्न पनि सकिनकिनकीममाथी गिद्दे नजर लगाउने हुनकीभनेर म चुपचापएताउता टोलाएर बसि रहेधेरै बेर पछिममिआउनु भयो मलाई एक्लै बस्दा बस्दै पट्यार लागि सकेको थियो कहिले पुग्नकोठा सम्मभइ सकेको थियो सहरको धुलो धुवा गाढीको आवजले प्रदुषीतवातावरणमा मलाई घुलमिल हुनगाह्रो भई रहको थियो । यतिकैमाएउटा बुलेरो टक्क हाम्रो सामुन्ने रोकिन्छ र बुलेरोमाहुने मान्छे बोल्छ रूम जाने हो? बस्नु म पुर्याइ दिन्छु ?लागिरहेको थ्यो मनमा यो मान्छैनै त होनिममि बस्नु भयो मलाइत्यो बुलेरोमा बस्न मन थिएन म के गरु के गरु भएअलि रिङगटा पनिलागिरहेको थ्यो फेरि अर्को बाइक मेरो समुन्ने रोकियो र बाइकको मान्छे बोल्नु हुन्छकताजाने हो ? रुम जने भय म नानीलाइ लगिदिन्छु नि तबाईकमाआउने अपरिचित मान्छेको कुरा सुनेर म ट्वाल्ल परेर हेरिरहे छोटो समयमापनि मेरो मन भित्र खैला बैल मच्चियो कहाँको को मान्छे हो यस्ले मलाई कतै वेच्नलानखोजेको त हैन ?मनले प्रश्न गर्छ म डराएर अलि पर सर्छु र आमाको नजर तिर हेर्छु आमाको चेहरामा डर त्रासहरु थिएनअनुमतिदिनु भयो जाउनतवाईकमा त्यस पछि मपनि हुन्छ भनेर बसे वाइकमा तर कहिले नचढेको बाईक र अपरिचित मान्छे दुबै मेरा लागि डर त्रासले पिरोलि रहेको थियो। वाइक त बसे तर बाटो तिरै झर्छु किझै लागिरहेकोथ्यो तर मैले त्यो मान्छेलाइ दरो सँग समाउनपनि डरलागेर अलि पर पर वसेको थियमनमालागेको थियो यो मान्छे को हो?ममिले किन यो मान्छे सँग पठाउनु भएको होला न लगेर बेच्दिनीपो होकीमनमाहजारौ कुरा हरु तछाड मछाड गरेर खेल्नथालेकाथिए मेरो अनुहारमाभय ,डर,त्रासका रेखाहरु कोरीएकाथिए । म अब बेचिएझै लागेको थियो यत्तिकैमावाईक रोकिन्छ मेरो रूम आइपुगेछ मलाइ त हामीकाहा बस्छौ नै थाहाथिएन फेरि उभिरहे तिम्रो रूम पारी छ आउभनेर त्यो मान्छेले पसल सम्मपुर्याइ दिनुभयो अनि मेरो हृदय र मस्तिक भरी ममिले गाँउमाहुदाभनेको स्वार्थी सहरकानिर्दयी मान्छे भन्दा फरकलाग्यो कि सहरिया सबै मान्छे एउटै हुदा रहेनछन मैले जे सोचेको थिएत्यो गलत रहेछ गाँउमापनिमानवताको खडेरी परेका वेला सहरमापनि सहयोगी र दयालु मान्छेहरुहुदा रहेछन त्यो मान्छे सँग जुनदिन भेट भएको थियोहो त्यहिदिन देखी म सँगै हुन्छु मलाई सत्मार्ग देखाउनु भएको छ के खराव? के असल? के गर्नु हुन्छ ? के गर्नु हुन्न? केले हाम्रो जीवनलाई सार्थक बनाउछ ? केले हाम्रो आफ्नो पहिचानकायम राख्छ ? यो गर त्यो नगरभन्दैमलाइहौसल्लाअनिकाममाउत्प्रेरणा दिने एउटा ठुलो व्यक्तिबन्नु भाको छ मलाइलाग्थ्यो कोहि होस अनिमलाइ सहि गलतको पुरा अर्थ बताओस आज तेस्तै मान्छे सँग छु मैले सहरिया मान्छे हरुलाइजुन दृृिष्ट्रले हेरेको थिएआज ठिक बिपरित हुनपुग्यो ।

अस्मिता दाहाल
कमलामाईनगरपालिका ६ सिन्धुली

Comment here