बागमतिसमाचार

तपस्वी रामबहादुर बम्जन्को आश्रममा प्रहरीको छापा

२०७६

सिन्धुली, २४ माघ / तपस्वी रामबहादुर बम्जनको आश्रममा आज छापा मारेको छ । हाल  सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा बम्जन बस्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

जिल्ला अदालत सर्लाहीको पक्राउ आदेश पछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गर्न आग्रह गरेपछी छापा मारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

प्रहरीले सर्च गरेपनी आश्रमबाट भने फेला पर्न सकेको छैन । तपस्वी बम्जनलाई तपस्वीको भेषमा बस्दै आएका बमजनमाथि व्यक्ति हत्या तथा हिंसा, व्यक्तिलाई बेपत्ता बनाएको लगायतका आरोप लागेको छ।

बम्जन माथी  एक जनाको हत्या गरेको, केही आनीहरुलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका छन् । प्रहरीले केहि ब्यक्तिलाई अनुसन्धानको लागि पक्राउ गरिएको भनिएपनी यस्बारे कुनै जानकारी दिईएको छैन  ।

Comment here