समाचार

शुक्रबार सिन्धुली बजार बन्द हुने

२०७६
सिन्धुली, २३ माघ / सिन्धुलीमाढीमा रहेको ब्यापार ब्यबसाय तथा पसल भोलि शुक्रबार बन्द हुने भएका छन् । उद्योग बाणिज्य संघ सिन्धुलीका पूर्व अध्यक्ष शिवजी प्रसाद साहको ६३ औं बर्षको उमेरमा बिहिबार निधन भएपछि ब्यापार व्यवसाय बन्द हुने भएको हो ।

सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीले शुक्रबार ब्यापार ब्यबसाय बन्द गर्न व्यवसायिलाई आग्रह गरेको छ । उद्योग बाणिज्य संघ सिन्धुलीका पुर्ब शाहको निधनको शोकमा व्यापार ब्यबसय बन्द गर्न आग्रह गरेको हो ।

पूर्व शिक्षक, तथा समाजसेवी समेत रहनु भएका साहले ब्यापार व्यवसायको प्रबद्र्धन तथा समाजिक कार्यमा लाग्न गरेको प्रेरणादायि कार्यको उच्च सम्मान गर्दै उहाँको सम्झनामा एक दिन बजार बन्द गरि शोक मनाउन आग्रह गरिएको उद्योग बाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

व्यववसायिहरुका माझ उद्योग बाणिज्य संघ सिन्धुलीका कुशल ब्यबस्थापकका रुपमा परिचित साह लामो समय देखि प्रेसर र सुगरका बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारका क्रममा बिहिबार बिहान काठमाडौंमा निधन भएको थियो ।

Comment here