साहित्य

आशाको तिर मेटियो (कविता)

हरी अधिकारी

आँखा चिम्ली धनीमानी,बन्ने लालचले सधै
राज्यको भैगयो द्रोह,निसानी धनमा सबै
गिद्दे दृस्टी लगाएर,राजस्व हुन्छ दोहन
यो चोला निभ्न नै आयौ,के गर्छौ देश शोषण

चाकरी चाप्लुसी गर्ने,कच्चा साथ भए पनि
ठान्दछौ मित्र पक्का हो,सेवामा नित्य त्यो हुने
जो धस्छ तेल झैँ चिप्लो,सेवामा हुन्छ हाजिर
भर्दैछ उसले झोला,त्यही हो पछि जन्जिर

अगाउ मस्तले खाउ,डकार झुशिलो तर
गुम्दैछ मोजले तिम्रो,शंकाले चुलियो घर
नाता गोता सबै तिम्रा,मितेरी ससुरालिको
भर्दै छौ एहि हो मौका,दाउ चौका लडाउने

रुँदैछिन् शोकले आमा,पिँडिमा रोगले लडि
रक्सिको तालमा नाच्दै,गर्दैछौ देश गड्बडी
आशाले हेर्दछन् वृद्ध,बालबच्चा बराबर
कामको खोजमा पर्दै,युवा उड्दैछ सागर

जुको झै नाप्दथ्यौ बित्ता,हात नाप्ने भएपछी
बिर्सियौ शिरको नाम्लो,गला टाइ भिरेपछि
भुईँफुट्टा वटुवा जस्तै,चाहर्दै भातको भर
फेरियो अहिले तिम्रो,अर्कै नाम गयो थर

लडाउ तर मारेर,नौनी झिकेर मोहिले
बांडिचुडी गराएर,खुशिले हेर्छ गोहिले
खुशिले निल्ननै पर्ने,भोको पेट अगाउँन
लिलामी ज्यान यो राख्तै,गर्दैनौ अब दर्शन

साँचो त्यो हातमा हाम्रो,पार्यो भने बतासले
उडाइ भुमरी बन्दै,लखेट्ला पो समाजले
खोक्राछन् अघिका आशा,घाँटी थिचेर रेटियो
छैन पत्यार बोलीमा,आशाको तिर मेटियो
कमलामाई नगरपालिका, ५, सिन्धुली

Comment here