बागमतिसमाचार

विवाह बर्षगाठमा अनाथलाई सहयोग

२०७६
सिन्धुली, २२ माघ /  कमलामाई नगरपालिका ४ ढुङग्रेबासमा रहेको शैलशिखर अनाथलयलाई एक दम्पत्तिले बुधबार सहयोग गरेका छन् । आफ्नो दोस्रो विवाह बर्षगाठमा उनीहरुले सहयोग गरेका हुन् ।
होटल व्यवसायि संघ सिन्धुलीका महासचिव सिताराम पहाडी र उनकी श्रीमती सुनिता उपाध्ययले अनाथलयमा बसोबास गर्ने अनाथहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । उहाँहरुले आफ्नो दोस्रो विवाह वर्षगाठ अनाथ भएका बालबालिकाहरुसँग मनाउनुभयो ।
दोस्रो विवाह वर्षगाठको अवसरमा बालबालिकाहरुलाई २५ के.जि चामल, ५ के.जि टमाटर, एक काटुन खने तेल, चिनि ५ के.जि., एक बोरा आलु, चिउरा, काउली लगाएतका खाद्यन्न तथा तरकारी वितरण गर्नु भएको थियो ।
विवाह वर्षगाठका अवसरमा गरिने खर्चलाई कटौती गरेर अनाथ बालबालिकाहरुलाई सहयोग गरेको सिताराम पहाडीले बताए । उनले भने ‘विभिन्न उत्सवहरुमा गरिने फजुल खर्चलाई कटौती गरेर अव युवाहरुले सामाजिक क्षेत्रमा सहयोग गर्नु पर्दछ ।’ अनाथलयमा ७ बालिका र ३ बालक गरि १० जना वालबालिका रहेका छन् ।

Comment here