बागमतिसमाचार

पढाई शिविरका सहजकर्ताहरुलाई तालिम

२०७६
सिन्धुली, २२ माघ /  सिन्धुलीको तिनपाटनका पढाई शिविर सहजकर्ताहरुलाई पढाई शिविर सम्बन्धि पुनःर्ताजगी तालिम तिनपाटन गाउँपालिकामा संचालन भएको छ ।

पढाई शिविर सहजकर्ताहरुलाई पढाई शिविर संचालन तथा अभिभावक सचेतना बैढक प्रभावकारी रुपमा संचालन गर्नका लागि क्षमता अभिवद्धदी गर्न एवंम एक अर्काको सिका इतथा समस्याहरुलाई एक अर्का विचमा प्रस्तुत गर्ने उद्धेष्यले संचालन गरिएको हो ।

गोलन्जोर, तिनपाटन र फिक्कल गाउँपालिकाका १५ वटा सरकारी विद्यालयहरुमा विगत केहि समय अघिबाट शिक्षा प्राविधिक परियोजना सिड्स नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालन भई रहेको छ ।

तालिम माघ २१ देखि २३ सम्म संचालनहुने तालिमआयोजक संस्था सिड्स नेपाल सिन्धुलीले जनाएको छ । सहजकर्ताहरुको तालिमको सहजिकरण वल्र्ड भिजन इन्टरनेसनल नेपालका शिक्षा विषेशज्ञ विश्वनाथ घिमिरे तथा सिड्स नेपालका तालिम संयोजक उद्धव पौडेलले गरि रहन’ भएको छ । तालिम अवधिभरमा सहभागिहरुले अहिले सम्म गरेका प्रगतिहरु, राम्रा अभ्यासहरु, भोगेका चुनौतिहरु, समाधानका प्रयासहरु र वालवालिकामा एवंम सहजकर्ता स्वंयममा आएका सकारात्मक परिवर्तनहरुका उत्सुकताका साथ प्रस्तुत गर्ने कार्यक्रमपनि रहेको छ । कार्यक्रममा अभिभावक सचेतना बैठकलाई ध्यानमा राख्दै यसबारे पुर्नताजगी समेत गराइएने छ ।

यसका साथै तालिममा उपस्थित सहजकर्ताहरुलाई पढाई कुना अर्थात सिक्ने कुनाको महत्वको बारेमा पनि जानकारी गराईने छ । आगामि दिनमा वालवालिकाहरुलाई घरमा पढ्ने कुना निर्माण गर्न यथासक्य सहयोग गर्ने पनि उनिहरुले प्रतिवद्धता जनाएका छन् । यस तालिम बाट आफ्नो मनोबल समेत बढेकाले शैक्षिक सामाग्राीहरु भरपुर निर्माण गरि पढाई शिविरलाई छापामय बनाउने भनि सहजकर्ताहरुले यसै तालिमका दौरान प्रतिवद्धता जनाएका छन् ।

जस अन्तर्गत सम्बन्धित गाउँपालिका, वडा तथा विद्यालयहरुको प्रत्यक्ष सहकार्यमा सन् २०१७ देखि ५३ वटा पढाई शिविर स्थापना भई निरन्तर रुपमा संचालन भईरहेका छन् । स्थानिय पढाई शिविर सहजकर्ताहरुले आफ्नो टोलका १ कक्षा देखि ३ कक्षा सम्मका वालवालिकाहरुलाई पढाई शिविरमा हरेक शनिवार ९० मिनेट खेल तथा गितको माध्यमबाट बढ्ने गर्दछन् । उनीहरुले सात वटा चरणहरु (स्वतन्त्र खेल, गित, एजेण्डा प्रस्तुत, कथावाचन, पढाई लेखाई क्रियाकलाप, बनाउ र लैजाउ र दैनिकी टिपोट) मा रहि पढाउँदै आएका छन् ।
साथै सहजकर्ताहरुले नै तिनै पढाई शिविरमा सहभागि वालवालिकाहरुका अभिभावकहरुलाई पढाई सचेतना बैढक समेत गर्दै आइरहेका छन् । जसमा अभिभावकहरुलाई आफ्ना वालवालिकाहरुको पढाईलाई दैनिक जीवनसँग जोड्ने र उनिहरुलाई पढ्ने समयमा सक्रिय समय दिनुपर्ने तथा घरमापनि स्थानिय स्तरका शैक्षिक सामाग्रीहरुको निर्माण गर्न तथा पृष्ठ पोषणका कुराहरुलाई वालवालिकाहरु माथि सहि रुपमा प्रयोग गर्नुपर्ने कुराहरलाई जोड दिदै आएका छन् ।

Comment here