बिचार

“तङ्ग्रिदै क्षत विक्षत भौतिक संरचनाहरु”

सिन्धुली, यतिबेला सिन्धुलीका र गोलन्जोर, तिनपाटन र फिक्कल गाउँपालिकाका स्थानियलाई भ्याई नभ्याई भएको छ । साथै विभिन्न टोलमा पहेँलो टोपी, बुट जुत्ता हातमा सावेल लिएर आफ्नो गाउँ आफैं बनाउँ भन्ने उद्येष्यका साथ गत अषाढ २०७६ मा आएको भिषण बाढी र पहिरो बाट क्षत विक्षत भएका संरचनाहरु विस्तारै तङ्ग्रिन याने कि पुरानै अवस्थामा फर्किन थालेका छन् । गत अषाढको बाढि तथा पहिरो बाट अत्यन्तै प्रभावित सामाजिक संरचनाहरु जस्तै बाटो, विद्यालय परिसर, कुलो तथा हाट बजार) इत्यादी संरचनाहरुले विस्तारै नयाँ जिवन पाएको अनुभव यतिखेर स्थानिय बासीहरुले गर्न थालेका छन् । डोर बहादुर सुनुवार (स्थानिय तथा लाभग्राही) बताउनुहुन्छ । ठुलो बाढीले गर्दा हामीलाई जीवन प्रदान गर्ने छेडे कुलो साह्रै नराम्रोसँग भत्किएको थियो र यसलाई मर्मत यति सजिलै गर्न सकिएला भन्ने लागेको नै थिएन । तर अहिले कुलोलाई पहिलेकै अवस्थामा देख्दा मेरो आखाँमा अर्षका आँसु टिलपिलाएका छन् । यसका लागि सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहान्छु,।

यस्तै गरि अहिले टोल टोलमा निर्माणका कामहरु भईरहेको छ । कतै पहिरोले पुरिएका रोडहरु सफा गर्ने कामहरु भएका छन् त कतै विद्यालयका वरिपरि पर्खाल लगाउने तथा गाह्रो लगाउने कामहरु भईरहेका छन् । यति मात्र कहाँ हो भत्किएका सामुदायिक भवनहरु र कृषि हाट बजार मर्मतका कार्यहरु पनि धमाधम भईरहेका छन् । यी सबै कामहरु जिल्लाका तिन वटै गाउँपालिकाहरुको समन्वयमा वलर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधीक सहयोगमा सिन्धुली एकिकृत विकास सेवा नेपाल (सिड्स नेपाल), सिन्धुलीको साझेदारीमा संचालित नेपाल बाढि÷पहिरो पुनर्लाभ परियोजना अन्तर्गत भइरहेको छ ।

अविरल वर्षा र भिषण पहिरो तथा बाढिका कारणले सयौं घरधुरी प्रभावित भएपछि जिल्लाका सरकारी तथा अन्य गैह्र सरकारी निकायहरुको सहकार्यमा संस्थाले राहत स्वरुप विभिन्न सामाग्रहरु बाढि तथा पहिरो प्रभावितहरुलाई पहिलो चरणमा उपलब्ध गराएको थियो भने दोश्र्रो चरणमा भौतिक संरचनाहरुको मर्मत तथा संभार कार्य गरेको हो । स्थानियको आवश्यकता र आफ्नो गाउँको विकास आफैं गरौं भन्ने उद्येष्यका साथ विपद बाट प्रभावित लाभग्राहिको सुचिमा परेका करिब ५६३ जनाले उक्त काम कामका लागि पैसा भन्ने मोडेल बाट समुदायमा गरिरहेका छन् । आफ्नै गाउँको भत्किएका संरचनाहरुको मर्मत काम गरेर पैसा समेत पाउने भएपछि स्थानियहरु दँग परेका छन् ।
परियोजनाले ३ वटा गाउँपालिकाहरु मा जम्मा ६४ घरधुरीलाई जिल्लाका सरोकारवाला निकायहरुको सिफारिसमा खरि जातको बाख्रा गाउँपालिकाको समन्वयमा वितरण गरेको थियो साथै बाख्रा प्राप्त गर्ने लाभग्रहिहरुलाई सुधारिएको बाख्रा पालन सम्बन्धि तालिम समेत प्रदान गरेको थियो । तालिमको सहजिकरण तिन वटै स्थानिय निकायहरुका पशु प्राविधिकहरुले गरेका थिए ।

साथै ९० जना किसानहरुले सुधारिएको करेसाबारी सम्बन्धि तालिम प्राप्त गरेका थिए भने । २२७ जना विपद प्रभावित किसानहरुले मकैको विउ प्राप्त गरेका थिए । यसैगरि २४७ जना किसानहरुले विभिन्न जातका तरकारीका विउ विजनहरु प्राप्त गरेका थिए । यसबाट विपद बाट अत्यन्तै प्रभावित समुदायहरुको जिवनस्तरमा केही सकारात्मक सहयोग पुगेको साथै ध्वस्त भएका संरचनाहरुले पुनर्जीवन पाएको र यसबाट समाजको विकासमा समेत टेवा पुग्ने स्थानिय निकाय हरुले विश्वास गरेका छन् । साथै यस्ता परियोजनाहरुले स्थानिय सरकारका काममा निकै सहयोग गरेकाले यस्ता परियोजनाका कार्यहरुमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत स्थानिय निकाएहरुले जनाएका छन् ।

Comment here