समाचार

तीन मुक्तक

(१)
तिमि रानी बन म राजा बनौला
आगनीमा नौमत्ति बाजा बजौला
लजाउदै बस्नु तिमि आलिमा
घरमुनीको ठुलोपाटो मै खनौला ।।
(२)
त्यो सिउदो रंग्याउ कसरि, तिमि टाडिएपछि
मलाई माया गर्ने मुटु अब अन्तै बाडीएपछि
तिमि संगै जिउने सपना चकनाचुर भो सानु
त्यो मायाको गरेटोमा तिमिबाटै म छाडिएपछि ।।

(३)
खै कस्ति देखिन्छौ कपाल कोरेर त हेर
साच्चै भन्या हुँ, मेरो मन चोरेर त हेर
पत्याउ या नपत्याउ त्यो तिम्रै बुझाई हो
दिलकी रानी बनाउछु, दुई मुटु जोडेर त हेर ।।

नबिन अधिकारी, सिन्धुली

Comment here