बागमतिसमाचार

भगवती वाल क्लवद्वारा सचेतना ¥याली ।

सिन्धुली, २० माघ / पछिल्लो समयमा चर्चामा रहेको कोरोना भाईरस बाट बच्ने उपाएका बारेमा सोमबार सिन्धुलीमाढीमा सचेतना ¥यालि निकालिएको छ । उक्त भाईरसबाट बच्न भगवती माध्यमिक विद्यालयका वालवालिकाहरुले सचेतनामुलक ¥याली निकालेका हुन् । चीनलगायत २१ वटा देशमा पैmलिएको कोरोना भाइरसबाट बच्ने उपायका विषयमा जागरणार्थ एक जनचेतनामूलक ¥यालीको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

 

उक्त विद्यालयका सामाजिक शिक्षक सुरेश दत्तजोशीको सक्रियता तथा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको बजार हुदै लोकतान्त्रिक चोकमा पुगी कोण सभामा परिणत भएको थियो । भगवती बाल क्लबका अध्यक्ष अजय महतोको अध्यक्षतामा भएको उक्तकोण सभामा विद्यालयका कक्षा नौ, मा अध्ययनरत छात्र, छात्रहरुले कोरोना भाइरसबाट बच्ने उपयका विषयमा अरुलाई जानकारी गराएका थिए ।

 

उनीहरुले कोरोना भाइरसबाट बच्नकालागि विशेषत उच्च सर्तकता नै मूख्य कुरा रहेको र यसबाट बच्न र संङक्रमित विरामीको व्यवस्थापनमा विशेष ख्याल गर्नुका साथै संङक्रमितहुन बाट बच्नकालागि भिडभाडमा जादा मास्क लगाउने, साबुनपानीले नियमित हातधुने, वरिपरिका वातावरण सफा राख्ने, मासु जन्यपदार्थहरु राम्ररी पकाएर खाने, पशु पन्क्षीहरुको संसर्गबाट टाढा रहने बताएका थिए ।

Comment here