बागमतिसमाचार

मोवाइलले पत्ता लगाईदियो हत्यारा

मकवानपुर, २१ माघ ÷ हेटौंडा–११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरुलाई मोवाईलले पक्राउ गरेको छ । मोवाईलका माध्यमबाट अजिताको हत्यामा संलग्नहरुको पहिचान भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न रहेकाहरु पाँचजनालाई सार्वजनिक गरेको छ । घटनामा संलग्न दुई जना अझै फरार रहेका छन् । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–५ क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा अजिताको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको उहाँले बताउनुभयो ।

हत्या अभियोगमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानार्भयाङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरी विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए । अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।

Comment here