बागमतिसमाचार

सिन्धुलीमा ५५ किलो गाजँ सहित ६ जना पक्राउ

२०७६

सिन्धुली, २० माघ / सिन्धुलीमा ५५ किलो गाँजा सहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गाँजा सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ घर भएका १८ बर्षिय सन्तोष स्याङतान, १८ बर्षिय आकाश बल, २४ बर्षिय अंकित मुक्तान, २४ बर्षिय सरोज स्याङतान, सिन्धुली कै मरिण गाउँपालिका २ निवासि ३५ बर्षिय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला बागमति नगरपालिका ४ निवासि २४ बर्षिय श्रबणकुमार वाईवा रहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।

हरिहरपुरगढी गाउँपालिका ७ केमचुली कच्चि सडक स्थित क्यान भुताहा जाने सडकखण्डबाट उनीहरुलाई प्रहरीले माघ १८ गते साँझ पक्राउ गरेको थियो । पक्राउ बारे प्रहरीले पक्राउ गरेकाहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

सिन्धुलीमा नै गाँजा उत्पादन गरि अन्यन्त्र विक्रिका लागि लैजादै गरेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्री र प्रहरी चौकी क्यानेश्वरका प्रहरी सहायक निरीक्षक भुवनेश्वर पाण्डेको संयुक्त टोलीले ना ५८ प ८५१, ना ४६ प २३१० र ज ७ प २४१६ नम्बरको ३ थान मोटरसाईकल सहित पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भै रहेको बताईएको छ ।

Comment here