विदेश

भारतमा भाजपा म्यान्मारको जस्तो नरसंहार

एजेन्सी / पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तर्रा्ष्ट्रिय समुदायलाई चेतावनी दिँदै भारतको सत्तारूढ भारतीय जनता पार्टीको योजना भारतमा म्यान्मारको जस्तो नरसंहार दोहोर्याउनु रहेको आरोप लगाए ।

टर्कीको समाचार एजेन्सी अनादोलुलाई दिएको अन्तर्वार्तामा इमरानले बीजेपीले भारतका मुस्लिम समुदायलाई छिन्नभिन्न पार्न चाहेको बताए । एनआरसीलाई अद्यावधिक बनाउने नाममा विवादस्पद कानुनका कारण ठूलो संख्यामा जनता नागरिकता अधिकारबाट वञ्चित हुने उनले बताए ।

म्यान्मारमा पनि ठीक त्यस्तै भएको र त्यहाँ पनि पहिला रजिस्टे«सन कानुन ल्याएको र पछि मुसलमानलाई बाहिर पठाएको उनले बताए । प्रधानमन्त्रीले भने– ‘म्यान्मारमा पनि ठीक यस्तै भएको थियो । त्यहाँ पनि शुरूमा रजिस्ट्रेसन कानुन ल्याएको थियो। मुसलमानलाई यसबाट बाहिर राखियो र त्यसपछि नरसंहार भयो। भारतमा स्थिति त्यही दिशामा गइरहेको छ भन्नेमा मलाई डर छ ।’

भारतको आशंकित घटनाक्रमका कारण पाकिस्तान र बंगलादेशमा शरणार्थीको समस्या बढ्न सक्छ, भन्ने प्रश्नको जवाफमा इमरानले भने– ‘असममा जसलाई नागरिकता पञ्जीकरणबाट बाहिर पारिएका थिए, बंगलादेशले पहिले नै उनीहरूमध्ये कसैलाई स्वीकार्न गर्न अस्वीकार गरिसकेको थियो ।’

Comment here