जीवन सैली

किन आवश्यक छ आहारको उचित परिवर्तन ?

आहारले शरीर र स्वास्थ्य दुवैमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । हामीले खाने खानाले आफूलाई मात्र नभएर हामी बसेको वातावरणमा पनि प्रभाव पार्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आहारको उचित परिवर्तनबाट नै यी समस्याहरूको समाधान हुन्छ ।

१) शारीरिक तथा वातावरणीय समस्या : हामीले खाने खाना स्वास्थ्यको लागि लाभदायी छ भनेर धेरैलाई जानकारी छ । तर, खानेकुरा सही तरिकाले खान विषयमा भने कमैले मात्र सोच्ने गर्छौ । फरक तर स्वास्थ्यलाई असर गर्ने किसिमका आहारले हाम्रो जीवनलाई झन् कष्टकर बनाइरहेको हुन्छ ।

यदि हामीले आहारमा ध्यान दियौं र उचित तरिकाले यसलाई परिवर्तन गर्यौंह भने हामी बसेको वातावरण पनि स्वतः परिवर्तन हुन थाल्छ । आहारले कसरी वातावरणमा प्रभाव पार्न सक्छ भन्ने धेरैलाई लाग्न सक्छ तर विभिन्न अध्ययनअनुसार यो कुरा पुष्टी भइसकेको छ ।
विशेष गरी वातावरणमा उब्जनी भएका प्रकृतिजन्य आहारबाट वातावरणमा हुने कार्वन उत्सर्जनलाई घटाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसकारणले जीवनशैलीको उचित परिवर्तनले आफ्नो जिवनमा मात्र होइन वातावरणमा पनि प्रत्यक्ष फाइदा पुर्याजइरहेको हुन्छ ।
हामीले गर्ने हरेक क्रियाकलापलाई आहारले प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ। त्यसैले शारीरिक स्वास्थ्यसँगै दैनिक क्रियाकलापमा पनि सकारात्मक परिवर्तन ल्याउन आहारको अत्यन्तै महत्व रहेको छ ।

२) उच्च रक्तचाप : विश्वमा करीब साँढे सात करोड मानिसलाई उच्च रक्तचापको समस्या छ‚ जसलाई औषधीको माध्यमबाट नियन्त्रण गरिँदै आइएको छ। तर‚ आहार नै रक्तसञ्चालनमा सूधार ल्याउने मूख्य औषधी हो । उच्च रक्तचाप होस् या न्यून, जस्तोसुकै अवस्थामा पनि उचित आहारबाट नै यसलाई सन्तुलनमा ल्याउन सकिन्छ । त्यसैले अत्याधिक नुनिलो खाना‚ जङ्क फूड जसमा उच्च मात्रामा सोडियम मिसिएको हुन्छ त्यस्तो खानेकुरा नखानु उचित हुन्छ । यदि तपाईंलाई उच्च रक्तचापको समस्या छ भने हरियो सागपात‚ केरा‚ जौबाट बनेका परिकारहरूको खानाले रक्तचाप नियन्त्रण हुन्छ । आहारको उचित परिवर्तनले उच्च तथा न्यून रक्तचापलाई सन्तुलनमा ल्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।

३) स्मरण शक्ति र एकाग्रतामा ह्रास : उचित आहारको परिवर्तनबाट स्मरण शक्तिमा वृद्धि हुन्छ। आहारले शारीरिक स्वस्थ्यभन्दा मानसिक स्वास्थ्यमा बढी प्रभाव परिरहेको हुन्छ । बढी चिनीमिश्रित आहारले स्मरण शक्ति र एकाग्रतामा असर पार्छ। चिनीमिश्रित सोडा प्रयोग गरिरहेको खानाका कारणले अल्जाइमरसमेत हुने गरेको पाइएको छ । बदाम‚ हरिया सागपात‚ काजु‚ ओखर आदिको आहारबाट स्मरण शक्ति तीक्ष्ण हुनुका साथै यसले एकाग्रता अभिवृद्धिमा पनि असाधारण परिवर्तन ल्याउँछ ।

४) रक्तसञ्चारसम्बधी समस्या : डायबिटिज हुनेहरूका लागि रक्त सञ्चालनसम्बन्धी समस्या सामान्य मानिसमा भन्दा अधिक हुने भएकाले यसको समाधानका लागि आहारको उचित परिवर्तन एकदमै आवश्यक छ । पाचन प्रणालीमा सहयोग गर्ने किसिमका आहार जस्तैः प्याज‚ गोलभेँडा आदिको सेवनबाट पनि रक्तसञ्चारमा सन्तुलन कायम राख्न सकिन्छ । उचित मात्रामा पिइने पानीले पनि रक्तसञ्चार प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

५) पाचन प्रणालीसम्बन्धी समस्या : आहारको उचित परिवर्तनले पाचन प्रणालीमा प्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । अपच हुने‚ वान्ता हुने जस्ता समस्या समाधानका लागि आहारको उचित परिवर्तन अत्यावश्यक छ । वातावरणमा उब्जिएका हरिया सागपात‚ खस्रा किसिमका खानेकुरा‚ छोक्रा भएका खानेकुरा आदिको आहारबाट पाचन प्रणालीमा अधिक मात्रामा सहयोग पुगिरहेको हुन्छ ।
त्यसैले आहारविहारको उचित परिवर्तनले नै सोचमा परिवर्तन आउँछ र सोच परिवर्तनबाट नै समाज र जीवनशैली परिवर्तन हुने भएकाले आहारको उचित परिवर्तनले धेरै कुरामा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । स्वास्थ्य खबरपत्रिकाबाट साभार

Comment here