प्रदेशबागमतिसमाचार

बालविवाह र हिंसा न्युनीकरणमा जुटे किशोरी

२०७६
सिन्धुली, २० माघ / २० बर्ष भन्दा कम उमेरमा विवाह गर्नु कनूनत त्यो विवाह हुन सक्दैन । यस्तो विवाह गराउनेलाई कारवाही हुने व्यवस्था गरिएको छ । तैपनि परम्परागत अभ्यासलाई नै निरन्तरता दिने बहानामा वालविवाह भै रहेका छन् ।

तर यहाँको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका किशोरीहरु हानिकार परम्परागत अभ्यास विरुद्ध जुट्दै आएका छन् । दुधौली नगरपालिका ३ निपानेमा रहेका किशोरीहरु अहिले समुहमा आवद्ध भएका छन् । उनीहरुले किशोरी अवस्थामा हुने परिवर्तन, सामाजिक मुल्य मान्यता, किशोरीहरुलाई आई पर्ने समस्या र सामाधानका लागि चाल्नु पर्ने कदम, किशोरीहरुमा हुने हिंसा जस्ता बिषयमा खुलेर छलफल गर्न थालेका छन् ।
यस्तो छलफल पछि किशोरीहरुमा हुने हिंसा लिएर अभिभावकहरु समेत उक्त समुहमा आई पीडकलाई कारवाही गराउन सफल भएका छन् । निपानेमा रहेको समाज सुधार किशोरी समूहले मासिक रुपमा आफुहरुका समस्या बारे खुलेर छलफल गर्दै आएका छन् ।

मासिक रुपमा हुने छलफलमा किशोरीहरुको महिनावारी र विवाहवारी लगाएत किशोरीमा हुने हिंसा र समाज परिवर्तनमा किशोरीहरुको भूमीका लगाएतका बिषयमा छलफल हुने गरेको समुही अध्यक्ष शुशिला अधिकारी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो ‘विगतमा किशोरीहरु हिंसामा परे भने अभिभावकको इज्जत जोगाउन हिंसा सहेर बस्नु पर्ने बाध्यता रहेको र उक्त हिंसा सहेर बस्नु भनेको हिंसा गर्नु सरह भएको भन्दै आफुहरु अहिले किशोरीहरुमा आई पर्ने समस्या समाधान गर्नसमुह मार्फत छलफल र पीडकलाई कारबाही गराउन सरोकारवाला निकायलाई दवाव दिदै आएको छौ ।’ सानै उमेर भएकी छोरीको विवाह गर्दा धर्म हुने भन्दै बाल बिबाह बढ्दो अवस्थामा रहेको र बाल विवाहबाट बालिकामा पर्ने शारिरिक तथा मानसिक सस्याका बरेमा समेत आफूहरुले अभिभावकहरुलाई जानकारी गराउने गरेको उहाँको भनाई छ ।

हामीहरुले मासिक रुपमा गउँभरी छलफल गर्दा पनि केही अभिभावकहरुले वाल विवाह गर्न आफ्ना बाल्य अवस्थाका छोरीहरुलई दवाव दिने गरेको र केही समय अघि हुदै गरेको बालविवाह समेत आफुहरुले रोक्न सफल भएको उहाँले भन्नुभयो । हामीलाई आफ्नो अधिकार र हिंसाका बारेमा केही पनि थाहा थिएन ओरेक नेपालले आएर किशोरीहरुलाई तालिम दिएपछि आफ्ना अधिकार र हिंसाका बारेमा खुलेर बोल्न सक्ने भएका छौ उहाँले भन्नुभयो । उहाँ भन्नु हुन्छ ‘हिजो घर बहिर हिड डुल गर्दा केटाहरुले जिस्क्याउने, अस्लिल शब्द बोल्ने गरेपनि आफुहरु चुपचाप बस्ने गर्दा उनीहरुको मनोवल बढ्दै जाने र पछि बलातकार तथा बालिकाको हत्या जस्ता घटना अट्ने भन्दै अव गाउँ समाजमा कुनैपनि केटाहरुले किशोरी तथा बालिकाहरुलाई जिस्क्याउने, अस्लिल शव्द बोल्ने गरेमा तत्काल कारवाही गर्न हामी स्थानीय सरकार तथा प्रहरी समक्ष जाने गरेका छौ ।’

हिजो किशोरी तथा बालीकाहरु हिंसामा परेपनि सहेर बस्नु पर्छ भन्दै उल्टै उनीहरुलाई गाली गर्ने अभिभावकहरु समेत अहिले आफ्ना छोरीहरुको समस्या लिएर समुहमा आउने गरेको समुहकी सदस्य मनिता अधिकारी दनुवारले बताउनुभयो । हिजो जे समसया भए पनि छोरीको कर्म हो धेरै समस्या झेल्नु पर्दछ, सहेर बस्नु पर्दछ भन्ने आमा बुबा अहिले छोरीहरुलाई केही भयोकी अहिले समुहमा छलफल गर्न आउछन उहाँले भन्नुभयो । यस्तै समस्या लिएर आउने एकको समस्या आफुहरुले जिल्ला प्रहरी कार्यालय सम्म पु¥याएका थियौ र समाधान पनि ग¥यौ उहाँले भन्नुभयो ।

वडाका किशोरीहरुले अव आफूहरुले आफ्नो वडामा विद्यालय जाने रहर हुँदा हुँदै पनि जान नसकेका र लामो समय देखी अध्ययन गर्न नपाएका युवाहरुको तथ्याङ्क संकलन गर्ने र नगरपालिकालाई यस्ता युवाहरुलाई सिप मुलक तालिम दिई आय आर्जन तथा आधुनीक कृषि खेतीको विकास गर्न आग्रह गर्ने पुनम अधिकारीले बताउनुभयो । आफुहरुले स्थानीय सरकार समक्ष आस गरेको र यस अपेक्षा स्थानीय सरकारले पुरा गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।
किशोरीहरुले हानिकारक अभ्यास, यौन दुव्र्यवहार, घरेलु हिंसा, मदिराजन्य पदार्थ सेवनबाट हुने हानी, बालविवाह न्युनिकरण लगाएतका विषयमा घरदैलो, सचेतिकरण, स्कुल शिक्षा लगाएतका कार्यक्रम गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

यस्तै किशोरीहरुमा हुने महिनावारी र व्यक्तिगत सरसफाईका बारेमा आफुले जानेका सिप सवैलाई सिकाउने, महिनावारी हुँदा विगतमा फोहोर कपडाका टाला प्रयोग गर्ने गरेकोमा अहिले सफा कपडा प्रयोग गर्ने, उक्त कपडा धोएपछि घाममा सुकाउने गरेका छन् ।

विगतमा महिनावारीमा प्रयोग गरिएका टाला घाममा सुकाए पाप लाग्ने भन्दै अन्यन्त्रै सुकाउदै आएकोमा अहिले सवै किशोरीहरुको व्यवहार परिवर्तन भएको स्थानीय मैनादेवी राईले बताउनुभयो । अहिले गाउँका किशोरीहरु, युवाहरुलाई तालिम तथा सिपमा जोड्ने लगाएतका काम गर्ने, उनीहरुले दाइजो प्रथामा जिन्सि दिने परम्परालाई हटाउँदै लगेको, महिनावारीमा गरिने छुवाछुत हुन छोडेको समेत उहाँको भनाई छ । हिजो महिनावारी हुँदा स्कुल नजाने छात्राहरु अहिले महिनावारी हुन्छन कि हुदैन् थाहा पाईदैन नियमित विद्यालय समेत जाने गरेका छन् उहाँले भन्नुभयो ।

किशोरीहरुले गत बर्ष लक्षित बर्ग अन्र्तगत बालबालीकाका लागि छुट्याएको १ लाख रुपैंयाले गाउँघरमा हुने विभेद, बाल विवाह न्यूनीकरणमा सहयोग पु¥याउने उद्धेश्यले सडक नाटक जस्ता जनचेतना मुलक कार्यक्रम समेत गरेको वडा अध्यक्ष साने धामीले बताउनुभयो । हिजोका दिनमा अभिभावकहरुले सानै उमेरमा छोरीहरुलाई ललाई फकाई विवाह गर्ने गरेको भनिएतापनि अहिले यस्तो अवस्था नरहेको समेत उहाँले बताउनुभयो । यसले वडामा हुने वालविवाह मुक्त वडा बनाउन सहयोग गर्ने भन्दै उक्त किशोरीहरुलाई वडामा रहेका अन्य बालिका तथा किशोरीहरुलाई समेत समावेस गरि वाल विवाह लगाएतका बारेमा जानकारी दिन आफुहरुले आग्रह गरेको र आवश्यक सहयाृग समेत वडाले गर्ने बताउनुभयो ।

दुधौली नगरपालिकाको महिला तथा वालवालिका शाखाकी प्रमुख रमा तामाङ्गले त्यस क्षेत्रमा रहेका बालबालिकाहरुमा नेतृत्व विकास सम्बन्धि सक्षम रहेको बताउनुभयो । आफ्ना समस्या बारे खुलेर छलफल गर्दै समाधान गर्न तर्फ अग्रसर हुनु नै महत्वपुर्ण कुरा रहेको उहाँको भनाई छ । बालबालिा तथा किशोरीहरुले आफुलाई चाहिने योजना गाउँ सभामा पेश गर्न आग्रह गर्दै बालबालिकाको शिर्षकमा आएको बजेट कती र कहाँ खर्च हुदैछ भन्नेमा चनाखो रहन आग्रह गर्नुभयो । नगरपालिकाका महिला तथा बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्न तथा अन्य क्रियाकलाप गर्न नगरपालिकाको यस शाखाले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

यता दुधौली नगरपालिकाका उपमेयर बालकुमारी अधिकारी दनुवारले लक्षित समुदायको बजेटबाट सिप दिने नगरपालिकाको योजना रहेको बताउनुभयो । नगरापलिकाले आफ्ना पालिकाका बालबालीकाहरु तथा किशोरीहरुलाई नृतृत्व विकास सम्बन्धि तालिम दिने योजना बनएको भएपनि धेरै स्थानमा यस कार्यक्रमको आवश्यकता नरहेकाले यसलाई परिवर्तन गर्दै उनीहरुको मागका आधरमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

हिजो दिन सम्झदै उहाँले भन्नुभयो ‘आफुलाई लागेका कुरा, आफ्ना समस्या समेत बताउन नसक्ने महिला तथा किशोरीहरु अहिले आफ्ना समस्याहरु समाधान गर्न तर्फ अग्रसर भई खुलेर बहस गर्न सक्ने हुन यो ठुलो परिवर्तन हो ।’ हिजोका दिनमा पिछडीएको क्षेत्र तथा बर्ग दनुवार समुदायका बालबालिकाहरु आफ्नो भबिष्य प्रति चिन्ता र केही गर्नु पर्छ भन्ने सोचको विकास भएको आफुले पाएको छु उहाँले भन्नुभयो ।

दनुवार समुदायको बाहुल्यता रहेको यस नगरपालिकाका बालबालिका तथा किशोरीहरु अहिले आफ्ना समस्या सहेर नबस्न आग्रह गर्दै युवालाई उद्यमशिल वनाउन तर्फ केन्द्रित रहेका छन् । केही परम्परागत अभ्यासको निरन्तरताले व्यक्तिको शारिरिक तथा मानसिक रुपमा समस्या पर्ने र यस्ले सिंगो समाज नै प्रभावित हुने अभ्यासको परिवर्तनमा लाग्नु यो सुखद पक्ष हो । यस्ता अभियानले जिल्लामा हुने बालबालीकाका अधिकार हन्नका घटनामा समेत कमी आउने देखिन्छ । सिकेको सिलाई पूता हस्तान्तरण गर्दै गए समाजलाई शिक्षित र समृद्ध बनाउन यस्ता अभियानहरुले सार्थकता पाउनेछन् ।

Comment here