साहित्य

प्रिय मन नरिसाउनुस् है – हरी अधिकारी

कालो अनुहार मुस्किलले सबेरै पखाल्छु
सादा पोशाकमा हिड्दा सजिलो लाग्छ
मेरो मुहार मलाइ राम्रो लाग्छ
उम्दा पोशाकमा शरीर कसिएझै लाग्छ
क्रीम पाउडर किर्तिमहुन
उमेरको गतिले शरीर र अनुहारको परिवर्तन भएको होला
तर किर्तिम फेसनले म फरक बनेको छैन है
त्यसैले मैले इश्वी सम्वतको शुभकामना
पठाउन सकिन माफ गर्नु ल

ज्ञान र विज्ञानको जोडदार विजय यात्रामा
बोक्रा र पात सिएको कपडाबाट
मिसिनले बुनेको लुगा लगाएको छु
पैताला ठोकेर पैँदल हिड्नुको बदला
हजारौं माइलको यात्रा केही घण्टामा पार गरेकोछु
कुरिती अन्धविश्वास र रुढीबादी संग गहिरो खेद छ
तर भाषा धर्म कला सस्कृती आफ्नोपन हो
त्यसैको जगमा जन्मिए र मर्दैछु
त्यसैले मैले इश्वी सम्वतको शुभकामना
पठाउन सकिन माफ गर्नु ल

सखुवा र चिलाउनेको रुखमा भर्खर पात झर्न सुरु गर्यो
उदास उझाड चिसो मौसम छ
कोएलीको मधुर धुनमा काफल पाक्यो र
कुँहुँका आवाजहरु भित्रै भसिएकै छन्
लेकहरुमा लाली गुराँस फुलेर ओइलाएको देखेकै छैन
जब नेपाली बोट बिरुवाले कलिला हरिया पातहरुको
फरिया लगाउँछन्
कोएलिका मधुर धुनले वस्तिहरु जगाउँछन्
जब आरु र आरुवखडाका फुलहरु मुस्कुराउँछन्
अनि मलाई बा आमाले सिकाएको बैशाखको पहिलो महिना
सुरु हुन्छ तब शुभकामना पठाउँला
सन्ताउन्न वर्ष जेठो छ रे बिक्रम सम्वत
म मेरै गुटको पुजारी हुँ
पृय मन त्यसैले मैले इश्वी सम्वतको शुभकामना
पठाउन सकिन माफ गर्नु ल

कसरी भित्र्याउ कृस्मस डे
जन्मदिनको शुभकामना भन्न छोडेर
बोल्न आउँदैन
ह्यापी बर्थडे कसरी भनौ
मेरोमा शुभकार्यमा पहिला दियो जल्छ
कसरी निभाउँ बत्ती सल्काएर
पटक्कै मन मान्दैन
हजारौ वर्ष पुरानो मेरा ग्रन्थ वसाँई पठाएर
अर्को सस्कृतीको साम्राज्य बढाउन
पृय मन जंगलका नयाँ पालुवा संगै
नव वर्षको शुभकामना पठाउँछु
त्यसैले ईश्वी सम्वतको शुभकामना पठाउन सकिन
माफ गर्नु ल
हरी अधिकारी
कमलामाई नगरपालिका ५ गैयाटार, सिन्धुली ।

Comment here