साहित्य

अवसानको खोजी

तिम्रो बुझाई त्यत्ती हो
न भुइँतिर पैताला हेर्छौ
न शिर तिर आफ्नै टाउको देख्छौ
हेर्दा अर्को लजाउँछ
निर्लिप्त आफ्नै काल्पनिक संसारमा
रक्सिको प्यालामा झुमिहाल्छौ
लहरो तान्दै थर्काउँछौ पहरो
व्यस्त बन्छौ आफ्नै तारिफमा
आफैँ आफ सुऋएर
आफैँ आफ मस्किएर
बन्दैछौ माउ माकुरो
एकहुल तारिफ गर्ने बच्चा कोरल्दै
रमिते रातहरु बितिरहन्छन्
अवसानको पर्खाइमा

कतै देखिन्न हिजका ताज
प्रभात संगै साधुको पहिरनमा निस्कन्छौ
राज्य दहन गर्ने अभिलाषा बोकेर
त्यही अन्धो कुर्सीमा
सौगातका कुम्ला बोक्दै
चाकरिमा आइपुग्छ धेरै थरी काउसाको झुण्ड
चुर्लुम्म डुब्छौ उनैका मझेरिमा
काचो छ सिँचाई गरिरहु
तिमी युवकछौ
घाम डुब्न आट्तैछ
अनि थाहाहुन्छ
मट्याङ्गाले सम्म पोल्दै गर्दा
तातोको खोजिमा
गर्भाशय हैन सुनसान बगरको एक कुनामा

के थियौ थाहा थियो
के भयौ थाहा छैन
कलिलो हरियोमकै हो
जे गरि जस्ले खान्छ एक्दम मीठो!
चिथोरेपछी बाँकी रहन्छ मसिनो खोयो मात्र
हो त्यही खोयो बन्ने हतारोमा
मसिनो सियोले हजारौ बटुलेर
उनेको एक झुत्तो लगनको पोते
चुँडिदैछ
कयौ रातहरु आँखाले घुम नओडि
बटुलेको एक मुठी विरताको कथा
उदृदैछ मक्किएर तिम्रो चरित्र
छिटै सिलाउ उजेलिमा
छिटै सन्ध्या हुन्छ रात छिप्पिन्छ
न टालेर सक्छौ,न तुनेर सक्छौ।

हरी अधिकारी
कमलामाई नगरपालिका ५ गैयाटार, सिन्धुली ।

Comment here