Uncategorizedरोचक

आफ्नै सन्तानलाई बेचेपछि

एजेन्सी / अफ्रिकी देश गाम्बियांमा अभिभावकले आफ्नै सन्तानलाई २ सय रुपैयाँमा बेच्ने गरेको खुलासा भएको छ । उनीहरुले बेचेका सन्तानमाथि किन्ने मानिसले बलात्कार गर्ने गरेको पाइएको छ ।

बेलायती मिडिया द सनको रिर्पोटले यस कुराको खुलासा गरेको हो । रिर्पोटका अनुसार बेलायतका धेरै व्यक्तिहरु पनि बच्चा किन्ने धन्दामा सामिल भएका छन् । गरिब अफ्रिकी देशको खराब कानुनी व्यवस्थाको फाइदा उठाउँदै विदेशीले यस्तो हर्कत गर्ने गरेको समाचारमा उल्लेख छ । विदेशीहरु छुट्टी मनाउन अफ्रिका जाने र त्यहाँ खुलेयाम बच्चालाई पैसामा किनेर उनीहरुसँग यौन शोषण गर्ने गरेको पाइएको छ ।

जाँचका क्रममा धेरै जसो संख्यामा विदेशीले बच्चालाई किन्ने गरेको पाइएको छ । एक स्थानमा एक बुढा विदेशीले करिब ८ वर्षीया अफ्रिकी बालिकासँग लन्च गरिरहेको देखिएको थियो । हालै थोमस कुक नामको ट्रावल फर्म बन्द गरिएको छ। जसका कारण गाम्बिया जाने पर्यटकको संख्यामा भारी गिरावट भएको समाचारमा जनाइएको छ । जसको असर देशको खराब अर्थतन्त्रमा परिरहेको समाचारमा उल्लेख छ । एक अभिभावकले भनेका छन्, हाम्रो देशमा यौन निकै सस्तो छ । बच्चालाई करिब १८५ रुपैयाँसम्ममा बेचिइरहेको छ । कयौँ अभिभावकलाई बच्चामाथि हुने यौन शोषणका बारेमा थाहा हुन्छ, तर उनीहरु खानेपिनेको सामान जोड्नका लागि केही गर्न सक्दैनन् ।

Comment here