प्रदेशबागमतिसमाचार

४ स्वास्थ्य चौकीको मात्र पुनःनिर्माण

२०७६
सिन्धुली, २० माघ / सिन्धुली जिल्लामा २०७२ साल बैशाख १२ गते आएको विनासकारी भुकम्प र त्यस पछिका पराकम्पनले क्षति पु¥याएका स्वास्थ चौकीको अझै पुनःनिर्माण हुन सकेको छैन । भुकम्पले क्षति पु¥याएको ४ बर्ष विति सक्दा समेत धेरै स्वास्थ्य संस्थाको पुनःनिर्माण हुने वा नहुने भन्ने अन्यौल नै रहेको छ ।

भुकम्पको क्षती पछि पुनःनिर्माण गर्नु पर्ने १२ हेल्थ पोष्ठ मध्ये हाल ४ वटा मात्रको पुनःनिर्माण भै रहेको छ । जसमा घ्याङलेख गाउँपालिका ५ शान्तेश्वरीमा रहेको शान्तेश्वरी हेल्थ पोष्ठ, भिमस्थान हेल्थपोष्ठ कोटगाउँ, आम्बोटे होल्थ पोष्ठ र सुनकोसी गाउँपालिका पुरानो झागाझोली हेल्थ पोष्ठको निर्माण कार्य भै रहेको छ ।

पुनःनिर्माण भै रहेका हेल्थ पोष्ठ मध्ये भिमस्थान हेल्थ पोष्ठ कोटगाउँ र पुरानोझागाझोली लेल्थ पोष्ठको ४५ प्रतिशत निर्माण कार्य सकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवन सिन्धुलीले जनाएको छ । दुई वटा हेल्थ पोष्ठको यहि चैतमा निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।

शान्तेश्वरी र आम्बोटे हेल्थ पोष्ठको ३५ प्रतिशत निर्माण कार्यै भएको र २०७७ असोज सम्ममा निर्माण हुने जिल्ला आयोजना कार्यान्वयन इकाई भवन सिन्धुलीका सव इन्जिनियर विदुर खतिवडाले जानकारी दिनुभयो । सिन्धुलीमा भुकम्पले क्षती पु¥याएका तामाजोर हेल्थ पोष्ठ, अमले हेल्थ पोष्ठ, रतनचुरा हेल्थपोष्ठ, वितिजोर हेल्थ पोष्ठ, तिनकन्या हेल्थ पोष्ठ, जिनाखु हेल्थ पोष्ठ, खोलागाउँ हेल्थ पोष्ठ र हरिहरपुरगढी हेल्थ पोष्ठको पुनःनिर्माण अझै अन्योल रहेको छ । यि हेल्थ पोष्ठको निर्माण गर्ने आर्थिक स्रोत सुनिश्चित हुन नसक्दा अझै पुनःनिर्माण हुन सकेको छैन ।

हेल्थ पोष्ठको भवन नहुँदा स्वास्थय उपचार सेवा समेच प्रभावित भएको छ । यसैविच भुकम्पका कारण क्षति पुगेका सरकारी कार्यालय र मर्मत गरि सञ्चालन गर्न सक्ने कृषि ज्ञान केन्द्र, कन्दमुल तरकारी विकास केन्द्र सिन्धुली, प्रमुख जिल्ला अधिकारीको निवास मर्मत गरि हस्तान्तरण गरिएको छ ।

यस्तै पुनःनिर्माण गर्नु पर्ने सरकारी कार्यालय मध्ये प्रमुख जिल्ला अधिकारीको निवास, भु–संरक्षण कार्यालय सिन्धुली, सिचाई डिभिजन र वन डिभिजन सिन्धुलीको भवन निर्माण सम्पन्न गरि सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन सिन्धुलीले जनाएको छ । हाल निर्माणा भै रहेका सरकारी वकिलको कार्यालय, सहरि विकास, हुलाक कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भवन निर्माणको अन्चिम चरणमा रहेको छ । सिन्धुलीमा भवन निर्माण गरिएपनि भुसंरक्षण, खानेपानी डिभिजन कार्यालय भने सिन्धुलीबाट अन्यन्त्रै लगिएको छ ।

Comment here