प्रदेशबागमतिसमाचार

दुध विक्रि नभएपछि भैसि नै बेच्दै किसान

२०७६
सिन्धुली, २० माघ / भैसि पालन गर्ने व्यवसायिक किसानले भैसिको दुध विक्रि नभएको गुनासो गरेका छन् । यहाँको दुधौली नगरपालिका ६ हर्षाही, ढोडेनीका भैसिपान गर्ने किसानहरुले दुध विक्रि नभएको गुनासो गरेका हुन ।

हर्षाहिका प्रर्मिला कार्कीले आफ्नै लगानीमा भैसि पालन त गर्नु भयो तर दुध विक्रि हुदैन समस्यामा परेको उहाँ बताउनुहुन्छ । उहाले भन्नुभयो ‘आफ्नै लगानीमा भैसि पालियो र दुध विक्रि बाट राम्रै आम्दानी गर्ने सोचेको थिए, तर दुध नै विक्रि नभएर समस्या थपिएको छ, दुध पाडा–पाडीलाई धेरै खुवाए विरामी, धेरै दुध दोए आफैलाई समस्या के गर्ने ?’

दैनिक ६० लिटर दुध उत्पादन हुन्छ तर बजार नै भेटिएन, छरछिमेकलाई दिन कति दिने आफ्नो लगानी डुविसक्यो, दुधको बजारीकरणका लागि सहयोग गरिदिन दुधौली नगरपालिकालाई आग्रह गरिएपनि सुनुवाई नै भएन उहाँ भन्नुहुन्छ अव विस्तारै भैसि नै विक्रि गर्ने योजना पो बनाएको छु ।

दैनिक दुध दिने ११ वटा भैसि पाल्ने योजना बनाएर ब्यबसाय सुरु गरेको थिए, ७ वटा भैसि बाट बेच्दै अहिले ५ वटा बनाएको छु, दुध विक्रि नभएपछि भैसि नै विक्रि गरे, स्थानीय स्तरमा नै कृषि व्यवसाय गरौ भन्ने सपना सफल हुन सकेन अव के गर्ने अन्योल भएको छ ।
भैसिको दुध विक्रि नहुँदा उहाँ मात्र हैन डोरकुमारी कार्की पनि समस्यामा पर्नु भएको छ । उहाँ भन्न्ुहुन्छ ‘दुध उत्पादन हुन्छ तर न बजार छ न मुल्य आफुहरुले प्रति लिटर ५२ रुपैंयामा दिदा पनि दुध विक्रि भएन, भैसिको दुध बजार मुल्य प्रति लिटर ८० रुपैंया भन्दा बढी छ तै पनि विक्रि भएन बरु भैसि नै बेच्न सजिलो छ, भन्ने वित्तिकै विक्रि भई हाल्छ ।’
दुध बेचेको पैसाले घर खर्च चलाउने सोच थियो तर घर खर्चका लागि जोहो गरेको पैसा कटाएर भैसि पाल्नु परेको छ । यस्मा सम्बन्धित पक्षले नै चासो देखाएनन् उहाँ भन्नुहुन्छ । यहाँको हावा पानि तथा घास प्रयाप्त भएकाले पशुपालनमा राम्रो सम्भावना छ । तर बजार नै पाईएन को संग गुहार माग्ने हो समस्या थपिएको छ, गाउँघरमा एक दुई मान दुध बेचेर सटक्न मुस्किल भयो उहाँले दुःखेसो पोख्नुभयो ।
सवै मिलेर डेरी सञ्चालक संग कुरा ग¥यौ र दुध लिन आउनुभयो अहिले नियमित छैन, कहिलेकाही आउनु हुन्छ, भैसिले नियमिति दुध दिन्छ कसरि दुधको व्यवस्थापन गर्ने, दुध तताएर दही बनौ, मोही बनाएर घिउ निकालौ भने पनि काम गर्ने जनशक्ति हुदैन, नगरपालिकामा छिमेकी जिल्लाको दुध आउछ तर स्थानीय उत्पादन विक्रि हुदैन ।

यस्तै जगतबहादुर कार्कीले पनि ४ वटा भैसिको दुध विक्रि नभएर दुई वटा बेचि सक्नु भयो अव बाँकी दुई वटा छन् । ति दुई भैसि पनि बेच्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । दुध विक्रि भए भैसि धेरै पालेर ब्यवसासि बन्ने योजना थियो तर सफल भईएन बजार नै नपाएपछि भैसि पालेर मात्र काम नभएको उहाँ भन्नुहुन्छ । आफु जस्त धेरै किसानको यहि समसया छ उहाँले भन्नुभयो । उहाँ भन्नु हुन्छ ‘अन्तका किसानले एउटा भैसिको विहानको दुध वेचेर घर खर्च चलाएको र बेलुकाको दुध घरयासी प्रयोजनका लागि राख्ने गरेको सुनेको थिए, आफुले विहान बेलुकाको दुध बेच्ने र ब्यबसायि बन्ने सोच अनुसार ४ वटा भैसि पाले तर सकिदो रहेनछ, बजार नै भेटिएन उहाँले फेरी भन्नुभयो ।
यि प्रतिनिधि किसान मात्र हुन त्यस क्षेत्रमा रहेका किसानहरुले दुध विक्रि नहुँदा सास्ति वेहेर्नु परेको छ । उत्पादन भएको दुधको विक्रि नहुँदा आफैलाई भैसि पालेको सजाए पाएको उनीहरु बताउछन् ।

यता दुधौलि नगरपालिकाका मेयर घनश्याम राउतले दुध विक्रि नभएको समन्धमा कुनै जानकारी नआएको बताउनुभयो । दुधानैली नगरापलिकाका अन्य स्थानमा संकलन केन्द्र स्थापना गरि दुध विक्रि भै रहेको बताउदै ढोडेनीका किसानको समस्या समाधान गर्न आफुले तत्कालै पहल गर्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले दुधमा आफुलाई आत्मानिर्भर बन्ने योजना अघि सारेको र किसानलाई प्रोत्साहन गरि रहेको अवस्थामा त्यस क्षेत्रका किसानको समस्या समाधान गर्न आफु लाग्ने समेत बताउनुभयो । दुधौलि नगरपालिकाका अन्य स्थानमा घरबाटै न्युनतम प्रतिलिटर ६० रुपैंया भन्दा बढीमा विक्रि भै रहेको र प्रति लिटर ५२ रुपैंया अत्यन्तै सस्तो भएको भन्दै मुल्यमा एकरुपता र चिलिम भ्याट स्थापना तथा संकलन केन्द्रको स्थापना र बजारीकरणमा दुधौली नगरापलिका तयार रहेको बताउनुभयो ।

यस्तै सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले किसानहरुले दुध विक्रि नभएको गुनासो गरेको र उन्नतशिल कृषि तथा उद्यमशिल सहकारी संस्थाले केही प्रतिशत रकम लगानी गरे आफु स्थानीय स्तरमा नै चिस्यान केन्द्रको स्थापना गर्न सहयोग गर्ने बताउनुभयो । किसानले उत्पादन गरेको दुध विक्रि नहुनु अत्यन्तै पीडादायिक कुरा भएकाले आफुले चिस्यान केन्द्र स्थापना र बजारीकरणमा सहयोग गर्ने समेत बताउनुभयो ।

Comment here