प्रदेशबागमतिसमाचार

अनाथ बालबालीकालाई नगरपालिकाको सहयोग

२०७६
सिन्धुली, १९ माघ / यहाँको कमलामाई नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने असाहय तथा अनाथ बालबालीकालाई आइतबार सहयोग गरिएको छ ।

कमलामाई नागरपालिकाको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज नेपाल सिन्धुलीको समन्वयमा अनाथ बालबालीकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको हो । कमलामाई नगरपालिकाका १४ वटै वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत ८० जना अनाथ बालबालीकाहरुलाई शैक्षिक सामाग्रि, विद्यालय पोषाक सहयोग गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बालबालिकामा आर्थिक अभावको कारणले विचमा नै पढाई छाड्ने प्रबृत्ति निरुत्साहित गर्न शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कमलामाई नगरपालिकाले बालबालिकामा पढ्न पाउने मौलिक हकको प्रत्याभुती गर्न र बालबालिकामा अध्ययन गर्न प्रति लगनशिलता बढ्ने उद्धेश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बालबालिकामा स्थानीय गरिने यस्ता सहयोगले सरकारले अभिभाकत्व प्रदान गरेको उनीहरुमा महसुस हुनेछ भने सक्षम र योग्य नागरिक बन्न यस्ले टेवा मिल्छ र त्यस्ता बालबालिकाहरुमा एक्लो छु भन्ने महसुस कम हुनेछ ।’

कमलामाई नगरपालिकाले बालविकासमा अध्ययन गर्ने ३ जना, कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने २५ जना , कक्षा ४ र ५ मा अध्ययन गर्ने ३१ जना, कक्षा ६ देखी ८ सम्म अध्ययन गर्ने १० जना र कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने ११ जना गरि ८० जना बालबालीकालाई शैक्षिक सामाग्रि तथा विद्यालय पोषाक वितरण गरेको कमलामाई नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाका सामाजिक विकास शाखाका बन्द्रिलाल माझीले बालविकासमा अध्ययनरत ३ जना विद्यार्थीलाई प्रति विद्यार्थी १ दर्जन कपि, सिशाकलम २ प्याक, विद्यालय पोषाक १ सेट, एउटा झोला, जुत्ता मोज एक÷एक जोर र रु ३०० रुपैंयाा हस्तान्तरण गरिएको बताउनुभयो ।
कक्षा १ देखी ३ कक्षा सम्म अध्ययनरत २५ जना र कक्षा ४ र ५ मा अध्ययन गर्ने ३१ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी कपि दुई दर्जन,३ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सिशाकलम २ प्याक, ४–५ मा अध्ययन गर्ने विद्यार्थीलाई दुई÷दुई प्याक डटपेन, पोषाक १ सेट, एउटा झोला, जुत्ता मोज एक÷एक जोर संगै रु ३०० रुपैंया कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले हस्तान्तरण गर्नुभयो ।

यस्तै कक्षा ६ देखी ८ सम्म अध्ययनरत १० जना विद्यार्थीलाई प्रति विद्यार्थी कपि ३ दर्जन, डटपेन ३ प्याक, औजर बक्स एक थान, पोषाक १ सेट, एउटा झोला, जुत्ता मोज एक÷एक जोर र कक्षा ९ देखी १२ सम्म अध्ययनरत ११ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी कपि ४ दर्जन, डटपेन ४ प्याक, औजर बक्स एक थान, पोषाक १ सेट, एउटा झोला, जुत्ता मोज एक÷एक जोर र ३०० रुपैंया हस्तान्तरण गरिएको छ । यस्का साथै ८० जना बालबालिकालाई कोरियन टिमबाट सहयोग प्राप्त न्यानो कपडा समेत वितरण गरिएको माझीले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट असाहय तथा अनाथ बालबालिका हो भनी आएको सिफारिसका आधारमा कमलामाई नगरपालिकाले उक्त बालबालिकाको पठन–पाठनमा सहयोग कमलाई नगरपालिकाले सदैव गर्ने मेयर खत्रीले बताउनुभयो । आफन्त नभई, एक्लो महसुुस गरेर आधारभुत शिक्षा आर्जन गर्न बाट त्यस्ता बालबालिकाहरुलाई कमलामाई नगरपालिकाले सहयोग गर्ने र कुनै पनि बालबालिका पढाई बाट बञ्चित हुन नपर्ने्र बताउनु्भयो ।

Comment here