प्रदेशबागमतिसमाचार

४ क्युन्टल गाजा नष्ट

२०७६
सिन्धुली, १६ माघ / यहाँको मरिण गाउँपालिका ३ मा लगाईएको गाजा प्रहरीले नष्ट गरेको छ । बरुण भलायो, ईनारटोल र भित्री स्थितमा अवैध रुपमा लगाईको गाँजा खेति प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्री सहितको २१ जनाको प्रहरी टोलिले ३ विघा क्षेत्रफलको गाजा हिजो नष्ट गरेको हो भने आज पनि उक्त स्थानमा गाजा खेती भैरहेको स्थान खोजि नष्ट गरि रहेको छ ।

त्यस क्षेत्रमा गाजाँ खेती भै रहेको भन्ने सूचनाका आधारमा हाल सम्म ३ विघामा लगाईएको गाजा फडानी गरि नष्ट गरिएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । यस्तै तयारी गाजा उत्पादन गरि काटेर सुकाई तयारी गरिएको ४ क्युन्टल गाजाँ पुर्ण रुपमा नस्ट गरिएको खत्रीले जानकारी दिनुभयो । उक्त स्थलमा अहिले बिशेष प्रहरीको टोली खटाएर अवैध रुपमा लगाईएको गाजा नष्ट गर्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

केही दिन अघि देखी जिल्ला प्रहरी कार्यालय सिन्धुली मातहतका प्रहरी युनिटहरुले त्यस क्षेत्रमा गाजा नष्ट गरि रहेको थियो उहाँले भन्नुभयो । उक्त टोलीले मात्र गाजा फडानी गर्न नसक्ने भन्दै बिशेष सूचनाका आधारमा धेरै क्षेत्रफलमा लगाईएको गाजा अहिले धमाधम फडानी गर्दै नष्ट गर्ने कार्य भै रहेको छ । अहिले गाजाँ फडानी र नष्ट गर्ने कार्य भै रहेकाले कति क्षेत्रफलमा गाजा फडानी भयो भन्ने बारेमा सवै जानकारी नआई सकेको उहाँको भनाई छ । अघिल्लो बर्ष पनि उक्त स्थानमा १२१ विघामा लगाएको गाजा प्रहरीले फडानी गरेको थियो ।

Comment here